Connect IPS
IME Life

व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट दिने हिमालयन लाइफको घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज/जरिवानामा छुट दिने कम्पनीले घोषणा हो । कम्पनीले व्यतित बीमालेखहरु असार ६ गतेदेखि असार २३ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ।

Prabhu
Crest

तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज/जरिवानामा १०० प्रतिशत छुट, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा ५० प्रतिशत, ५ वर्ष माथिदेखि ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ३५ प्रतिशत र ७ वर्षभन्दा माथि जतिसुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ। यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटकमात्र लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीबाट ब्याज/जरिवाना छुट सुविधाको उपयोग गरी नवीकरण गराइएका बीमालेखहरु नवीकरण भएको मितिले २ वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार समर्पण गर्न चाहेकमा बीमालेख नवीकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवानाबापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ।

व्यतित भएको बीमालेखले जोखिम बहन नगर्ने हुँदा समयमै आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरिवानाको छुटको लाभ लिनुका साथै बीमालेखअनुरुपको जोखिम बहन हुने व्यवस्था गरी ढुक्क रहन कम्पनीले आग्रह गरेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS