GBIME
IME Life

बच्चाको उच्च शिक्षाको योजना साकार पार्ने प्रभु महालक्ष्मीको जीवन किरण बीमा योजना

SPIL
Prabhu Mahalaxmi Life Child Plan
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हरेक अभिभावकले छोराछोरीको भविष्यलाई लिएर आफ्नो आर्थिक हैसियत अनुसार योजना बुनेका हुन्छन् । जिम्मेवार अभिभावकको यही योजना पुरा गर्नका लागि प्रभु महालक्ष्मी लाइफले जीवन किरण बीमा (बाल सावधिक) योजना प्रचलनमा ल्याएको छ ।

यो योजना  विशेष गरी बालबालिकाको भविष्यको आर्थिक आवश्यकता र भविष्यका आकांक्षाहरू पुरा गर्न ल्याइएको हो। यो योजनाले बालबालिकाको शिक्षा, सामाजिक व्यवहार, वा उनीहरूको जीवनको महत्वपूर्ण क्षणहरूको लागि आर्थिक सुरक्षा, बचत र लगानीका अवसर प्रदान गर्छ।

SKYWELL
Crest

बच्चाको लागि प्रभु महालक्ष्मी लाइफको योजनाले आमाबाबुलाई आफ्नो बच्चाको भविष्यको खर्चको लागि रकम जोहो गर्न मद्दत गर्ने र बीमा अवधि पुरा भएपछि एकमुष्ट  भुक्तानी प्रदान गर्छ। बीमा अवधिमा प्रस्तावकको निधन भएमा, यी योजनाले मृत्यु लाभहरू मार्फत बच्चाको शिक्षा दिक्षाको निरन्तरतालाई सुनिश्चित गर्दछ।

बालबच्चाको विद्यालयस्तरको पढाई देखि उच्च शिक्षासम्मको चाहना पुरा गर्नका लागि प्रत्येक अभिभावकले आफ्नो गच्छे अनुसार आवश्यक व्यवस्थापन गर्ने प्रयास गरिररहेका हुन्छन् ।

प्रतिस्पर्धात्मक यूगमा राम्रो विद्यालय, कलेजमा पढाउने चाहना राख्ने अभिभावकले नियमित आम्दानीबाट मात्र आफ्ना योजनाहरू पुरा गर्न सहज नहुन सक्छ । बच्चाको उच्च शिक्षाकाे लागि भविष्यमा आवश्यक पर्न सक्ने रकमका लागि आजबाट नै बचत र वित्तीय श्रोतहरूको व्यवस्थापन गर्नुपर्छ।

जीवन किरण बीमा योजनाका मुख्य विशेषताहरू

बीमाशुल्क छुट सुविधाः

यो  बाल जीवन योजनाको अनिवार्य विशेषता हो। यसले सबै बीमाशुल्क भुक्तानी गर्नु अघि नै प्रस्तावक अभिभावकको निधन भयो भने पनि बाँकी अवधिका लागि बीमालेख अन्तर्गतको सबै लाभहरूका लागि बीमित बच्चा योग्य छ भनी सुनिश्चित गर्छ। यसबाहेक बीमाङ्क रकमको आधारमा १ देखि २ प्रतिशतसम्म मासिकरूपमा बच्चालाई पढाई खर्च समेत दिने सुविधा समावेश गरिएको छ।

मृत्यु लाभः

बीमालेख अन्तर्गत प्रस्तावकको र बीमितको निधन भएको अवस्थामा बीमाङ्क रकम र आर्जित बोनशको २५ प्रतिशत वा बीमाशुल्कमध्ये जुन रकम बढी हुन्छ, त्यो रकम भुक्तानी दिइन्छ। बीमित / बाच्चाको उमेर ९० दिन नपुग्दै निधन भएमा पहिलो आधारभूत बीमाशुल्कको ५० प्रतिशत रकम फिर्ता हुनेछ।  यति पछि पनि बाँकी अवधिसम्मका लागि बीमालेख निरन्तर जारी रहन्छ ।

एकै समयमा बीमित र प्रस्तावक दुबैको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम, आर्जित बोनश रकमको साथै बीमाङ्क रकमको २५ प्रतिशत रकम एकमुष्ठ परिवारजनले भुक्तानी पाउने सुविधा छ ।

दुर्घटना लाभ ऐच्छिक सुविधा अन्तर्गत भएकाले यसका लागि अतिरिक्त बीमाशुल्क भुक्तानी गर्नुपर्छ। तर यस्तो शुल्क ज्यादै न्यून हुन्छ।

घातक रोग विरूद्धको सुरक्षाः

यो सुविधा जीवन किरण बीमा योजना अन्तर्गत ऐच्छिक सुविधामा समावेश गरिएको छ। यसमा प्रस्तावकलाई मृगाैला, मुटुरोग, क्यान्सरलगायतका १५ प्रकारका घातक रोगमध्ये कुनै एक रोग लागेको अवस्थामा उपचार खर्च दिने सुविधा रहेको छ ।

ऋण सुविधाः

कहिलेकाहिँ बीमा योजना पुरा नहुँदै बालबच्चाको पढाईका लागि वा अन्य कुनै महत्वपूर्ण कामका लागि पैसाको आवश्यक पर्न सक्छ। यस्तो अवस्थामा तत्काल पैसाको जोहो गर्न बीमा कम्पनीबाट ऋण लिनुपर्ने हुन सक्छ। जीवन किरण बीमा योजनामा ऋण सुविधा उपलब्ध छ । बीमालेख जारी गरेको कम्तीमा तीन वर्षसम्म बीमाशुल्क भुक्तानी गरेको अवस्थामा बीमालेखको धितोमा ऋण लिन पाइन्छ ।

समर्पण मूल्य प्राप्त गर्नका लागि योग्य बीमालेखको धितोमा बीमाङ्क रकमको बढीमा २५ प्रतिशत वा समर्पण मूल्यको ९० प्रतिशत मध्ये जुन रकम कम हुन्छ, त्यति रकम ऋण सुविधा लिन सकिन्छ । ऋण लिएको अवस्थामा बच्चाको मृत्यु भएमा, मृत्यु लाभवापतको रकममा बाँकी ऋण रकम कट्टा गरेर बाँकी रहने रकम बीमकले भुक्तानी दिन्छ।

बोनशः

जीवन किरण बीमा योजनामा बीमा अवधि पुरा भएपछि बीमाङ्क रकम मात्र नभएर एकमुष्ठ बोनश रकम समेत भुक्तानी गर्नेछ । प्रस्तावक अभिभावकको निधन हुँदाको अवस्थामा पनि बीमाङ्कसँगै आर्जित बोनशको २५ प्रतिशत बीमकले भुक्तानी दिन्छ ।

कर लाभः

भुक्तानी गरिएको बीाशुल्क रकमको आधारमा प्रस्तावक अभिभावकले कर लाभ सुविधा प्राप्त गर्न सक्छ। बच्चाको बीमाका लागि भुक्तानी गरिएको बीमाशुल्कमध्ये वर्षको ४० हजार रूपैयाँसम्म कर योग्य आयबाट घटाउन मिल्छ, बाँकी आयमा मात्र कर लाग्छ।

यो योजनाका फाइदाहरूः

बालबालिकाको पढाई खर्चको जोहोः

यो जीवन बीमा योजनामा मासिक आय लाभ र बीमाशुल्क छुट सुविधा अन्तर्निहित छ। यो सुविधा अन्तर्गत बीमित बच्चाको बीमाको अवधी भित्र  प्रस्तावक अभिभावकको निधन भएमा बाँकी अवधिको बीमाशुल्क रकम मिनाहा दिन्छ । साथै प्रस्तावकले बीमा गर्ने समयमा रोजेको विकल्प अनुसार बच्चाको पढाई खर्चवापत मासिकरूपमा बीमाङ्क रकमको १, १.५ वा २ प्रतिशत रकम बीमा अवधि पुरा नहुँदासम्म मासिक रुपमा भुक्तानी दिन्छ।

दुर्घटना मृत्यु र पूर्ण अपाङ्गता लाभः

यो अतिरिक्त सुविधा लिएको अवस्थामा बच्चाको बीमा अवधीभर प्रस्तावक अभिभावकको निधन भएमा, बीमा कम्पनीले मृत्यु लाभ वापतको रकम तुरुन्तै भुक्तानी गर्छ। यस अन्तर्गत पुरा बीमाङ्क रकम र आर्जित बोनशको २५ प्रतिशत वा भुक्तानी गरिएको बीमाशुल्क रकमध्ये जुन बढी हुन्छ,त्यति रकम प्रभु महालक्ष्मी लाइफले बीमितको बैंक खातामा एकमुष्ठ भुक्तानी दिन्छ ।

अभिभावक जीवित छँदै जोखिम प्रारम्भ हुनु अगावै बच्चाको निधन भएको अवस्थामा बीमाशुल्कवापतको सबै रकम बीमकले फिर्ता गरिदिन्छ र त्यसपछि बीमा रद्ध हुन्छ।

उच्च शिक्षा र सामाजिक व्यवहारका लागि मद्दतः

शिक्षाको लागत निरन्तर बढिरहेको छ । मुद्रास्फीतिसँगै कलेज र उच्च शिक्षाको शुल्कले अभिभावकका लागि आर्थिक बोझको पहाड खडा गरि दिनसक्छ। यदि आमाबाबुले बच्चा सानो हुँदा नै जीवन बीमा गरिदिएको छ भने, बाल बीमा योजना अन्तर्गत भविष्यमा प्राप्त हुने बीमाङ्क र बोनश रकमको भुक्तानीबाट बच्चाको उच्च शिक्षाका लागि आवश्यक पैसाको जोहो गर्न सकिन्छ।

बालबच्चा हुर्किएपछि बिहेबारी लगायतका सामाजिक व्यवहारमा समेत यस्तो रकमको उपयोग गर्न सकिन्छ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS