Connect IPS
IME Life

नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारीलाई दियो बहु आयामिक प्रशिक्षण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहु आयामिक प्रशिक्षण प्रदान गरेको छ । कम्पनीले उक्त प्रशिक्षण काठमाडौंमा असार ३ र ४ गते संचालन गरेको हो ।

यस प्रेरणादायी प्रशिक्षणवाट कर्मचारीहरुको व्यक्तिगत एवम् व्यवसायीक विकास हुने र कम्पनीको लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ। विविध पक्षलाई समेटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दुबैको व्यवासायीकतामा बृद्धि हुने र कर्मचारीहरुलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्नेछ ।

Prabhu
Crest

तालिमको नेतृत्व आर्ट अफ लिभिङ्ग नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम प्रधानले गरेकी थिइन् । प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक हुन, जसको बैकिङ्ग क्षेत्रमा उच्च व्यवसायीक पृष्ठभूमि रहेको छ । कर्जा पोर्टफोलियोहरु प्रबन्ध गर्न र व्यवस्थापन तालिमहरु सञ्चालन गर्न उनीमा विशेषज्ञता छ । उनको विशेषज्ञता र अनुभवले यो कार्यक्रमलाई सफल पार्न बहुमूल्य सहयोग प्रदान गरेको छ। साथै यस कार्यक्रममा वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।

आर्ट अफ लिभिङ्गसंग यस्ता कार्यक्रमहरु सम्बन्धी चालिस वर्षभन्दा वढि समयावधिको सफल अनुभव रहेको र विश्वभरका लगभग १८६ देशहरुमा यी कार्यक्रम कार्यान्वयन गरिएको छ । यी कार्यक्रमहरु विश्व स्वास्थ्य संगठनको वेलनेश मोडेलसंग मेल खाने हिसावले तयार गरिएको छ । यस कार्यक्रमबाट सहभागीहरुलाई रोग र तनाव मुक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढावा दिने साथै कर्मचारीहरु मा उनीहरुको मानसिक अवस्था, कार्य सम्पादन, उर्जा स्तर, निर्णय लिने, समय व्यवस्थापनमा उल्लेखनीय सुधारहरु हुनेमा कम्पनी विश्वस्त रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS