Connect IPS
IME Life

क्लोजिङ मुडले बैंकरलाई कर्जा रिकभरीको दबाब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को अन्तिम समय नजिकिँदै गर्दा बैंकहरुमा कर्जा असुलीको दबाब बढेको छ। सकेसम्म कर्जा असुलीमा केही सुधार ल्याउने गरी उनीहरुले काम गरिरहेका छन्।

बैंकरहरुले क्लोजिङ नजिकिएपछि रिकभरीका लागि हरेक दिनजसो ऋणीलाई समेत दबाब दिइरहेका हुन्। ‘क्लोजिङ नजिकिएकाले रिकभरीको टार्गेट पनि सोही किसिमको छ। यसले केही दबाब सिर्जना गरेको छ’, एक बैंकरले भने।

Prabhu
Crest

ती बैंकरका अनुसार अहिले चालु आवको खाता बन्द गर्नका लागि काम भइरहेको र त्यसले कर्जा असुलीमा दबाब सिर्जना गरेको हो। विगतमा कर्जा असुली राम्रो हुन नसक्दा अहिले बैंकहरुलाई तनाव थपिएको छ। सो तनाव कम गर्न सकेसम्म असुलीमा उनीहरुले ध्यान दिएका हुन्।

अर्थतन्त्र केही हदसम्म गतिशील बनेको र ब्याजदर घटेको विषयलाई आधार बनाएर उनीहरुले ऋणीलाई ऋण तिर्नका लागि झक्झकाइरहेको बैंकरहरु बताउँछन्। यस्तै अन्तिम त्रैमासको नतिजा सुधार्ने तथा वार्षिक प्रतिवेदनमा समेत बैंकहरुको ‘पफर्मेन्स’ राम्रो देखाउनका लागि बैंकहरु रिकभरीमा केन्द्रित भएका हुन्।

चालु आवको १० महिनासम्ममा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा निकै उच्च बन्दै गइरहेको छ। औसतका वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात २.९८ प्रतिशत छ। असार अन्तिमसम्ममा पनि रिकभरीमा सुधार हुन नसके यो प्रतिशत अझै बढ्नेछ। तर, बैंकरहरु यसलाई बढाउनेभन्दा पनि घटाउने पक्षमै जोडबल गरिरहेका छन्।

अहिले बैंकरहरुको धेरै समय रिकभरीमै जने बैंकरहरुको अनुभव छ। बैंकहरुको ऋण असुली नहुँदा खराब कर्जा अनुपात बढेको छ भने पुँजी कोषमा पनि दबाब परेको छ। यस्तै बैंकहरुको नाफा पनि खुम्चिरहेको छ भने व्यापार बढाउन नसक्ने अवस्थामा उनीहरु छन्। त्यसकारण अहिले बैंकरहरु फसेको ऋण उठाएर पुँजी कोष सुधार गर्ने र व्यापार बढाउनेतर्फ सोचिरहेका छन्।

बैंकहरुले रिकभरीमा विशेष जोड दिँदा कर्जा लगानी सुस्त भइरहेको छ। बैंकरहरुले असार महिनामा विशेषगरी रिकभरीलाई नै जोड दिन्छन्। जसकारण कर्जा प्रवाह पनि त्यति प्राथमिकता पर्दैन। अहिले पनि उनीहरुले रिकभरीलाई नै प्राथमिकता दिइरहेका हुन्।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार अहिले बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा ५१ खर्ब ३३ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ। जसमध्ये वाणिज्य बैंकले ५५ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४५ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

यस्तै विकास बैंक तथा वित्त संस्थाले ७ खर्ब १७ अर्ब निक्षेप संकलन गर्दा ५ खर्ब ९१ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह गरेका छन्। निक्षेप संकलन वृद्धिको तुलनामा कर्जा प्रवाह वृद्धि निकै कम छ। यसले कर्जा संकलनभन्दा असुलीतर्फ नै बैंकहरु केन्द्रित भएको देखाउँछ।

अहिले जे–जति सकिन्छ रिकभरी बढाउने र आगामी दिनमा नयाँ मौद्रिक नीतिले ककस्तो नीति तय गर्छ, त्यहीअनुसार जाने बैंंकहरुको तयारी छ। राष्ट्र बैंक यतिखेर मौद्रिक नीति निर्माणको तयारीमा जुटेको छ। विगतको भन्दा लचक मौद्रिक नीति आउने गभर्नर महाप्रसाद अधिकारीले पनि संकेत गरिसकेकाले बैंंकहरु आगामी वर्ष केही सहज हुने बताउँछन्।

मौद्रिक नीतिले निजी क्षेत्रलाई विश्वासमा लिन सक्यो र लगानीको वातावरण विस्तार गर्न सक्यो भने क्रमशः अर्थतन्त्रमा सुधार हुँदै जाने र त्यसले कर्जा रिकभरीलाई सहज बनाउने बैंकरहरुको बुझाइ छ। त्यसका लागि अहिले नै बैंक ब्याजदर घटिरहेको र आगामी दिनमा अझै घट्ने, बैंक दर केही घटाउने, अन्य नीतिहरुमा लचकता अपनाउने विकल्पमा समेत सोच्नुपर्ने उनीहरुले बताउँदै आएका छन्।

समग्रमा अर्थतन्त्र सुधार हुनका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र उनीहरुको मनोबल बढेर लगानीका लागि तयार हुँदै गर्दा अर्थतन्त्र चलायमान हुने उनीहरुको अपेक्षा छ। अर्थतन्त्र चलायमान भएपश्चात कर्जा रिकभरीमा धेरै नै सुधार हुने बैंकरहरु बताउँछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS