Connect IPS
IME Life

डेङ्गुका बिरामीको संख्या बढ्दो, जलवायू परिवर्तनका कारण यो वर्ष संक्रमण अझै बढ्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । उपत्यकाको माैसमी तापक्रममा भएको वृद्धिका कारण यस वर्ष संघीय राजधानीका अस्पतालहरूमा डेङ्गु रोगका बिरामीको चाप बढ्ने भएको छ । जनस्वास्थ्य विज्ञका अनुसार गर्मी अध्यधिक बढेसँगै वर्षात माैसम समेत शुरू हुन लागेकाले रोग फैलाउने लामखुट्टेको प्रकोप बढेसँगै बिरामीको चाप समेत बढ्नेछ ।

वर्षा माैसमको शुरूवात हुनु अघि देखि नै काठमाडाैं उपत्यकाका तीनवटै जिल्लामा डेङ्गु रोगका बिरामीको संख्या उल्लेख्य देखिएको छ । समयमै उपचारका कारण बिरामीको ज्यान नगएपनि संक्रमण दर चिन्ताजनक छ ।

Prabhu
Crest

गर्मी माैसममा मात्र डेङ्गु रोगको संक्रमित फेला पर्ने गरेकोमा मंसिर,पुस र माघ महिनामा पनि बिरामी फेला पर्न थालेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सात प्रदेशमध्ये बागमती र ७७ जिल्लामध्ये काठमाडाैं जिल्लामा सर्वाधिक बिरामी भेटिएका छन् । असार १ गतेको प्रतिवेदन अनुसार गत जनवरी महिनादेखि बागमती प्रदेशमा ४०३ बिरामीको डेङ्गु रोगको उपचार गरिएको छ। यो मध्ये काठमाडाैं जिल्लाभित्रका मात्र १२२ जना बिरामी थिए ।

यसैगरी कोशी प्रदेशको झापामा पनि डेङ्गु रोगको उल्लेख्य संक्रमण देखिएको छ। महाशाखाका अनुसार कोशी प्रदेशमा जनवरी महिनायता डेङ्गु रोगका २७७ जना बिरामी फेला परेकोमा झापाका मात्र १११ जना छन् ।

महाशाखाका अनुसार जनवरी महिनायता सन् २०२४ मा ७२ जिल्लामा डेङ्गुको संक्रमण देखिएको छ । यी जिल्लामा असार १ गतेसम्ममा कूल १ हजार १७५ मानिस डेङ्गुबाट संक्रमित भएका छन् ।

यसवर्ष देशैभर तापक्रममा उच्च वृद्धि महशुस गरिएकाले तराईका जिल्लामा पनि डेङ्गु संक्रमणको जोखिम रहेको छ ।

महाशाखाका अनुसार गत वर्ष सन् २०२३ मा देशभर कुल ५१ हजार २४३ संक्रमितको उपचार गरिएकोमा उपचारको क्रममा २० जनाको ज्यान गएको थियो । ७७ मध्ये १६ जिल्लामा संक्रमितको संख्या ५०० भन्दा माथि रहेको थियो । गत वर्ष अगस्ट, सेप्टेम्बर र अक्टुबर(मध्य साउनदेखि मध्य कात्तिकसम्म) संक्रमितको संख्या प्रत्येक महिना १२ हजार नाघेको थियो ।

एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस प्रजातीको लामखुट्टेको टोकाईबाट यो रोगको संक्रमण हुन्छ। विशेषगरी  वर्षातको पानी जम्ने खुल्ला ठाउँमा यो प्रजातिको लामखुट्टेले फुल पार्छ। तैरिएको फुलबाट लार्भा निस्किन्छ। र त्यही लार्भा वयस्क भएपछि यसले मानिसलाई टोकेर डेङ्गुको संक्रमण फैलाउँछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS