Connect IPS
IME Life

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् ।

अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत थिए ।

Prabhu
Crest

उनीसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ ।

डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गरेका छन् । नवनियुक्त निर्देशक डेभिडले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालित कार्यक्रमको संयोजन गर्नेछन् । विश्व बैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र ३ पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ ।

निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो । अर्थ मन्त्रालयले एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाई र डेभिडको स्वागत गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उनीहरुको स्वागत र बिदाई गरे । देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ ।

लाडा स्ट्रेलकोवा कार्यकाल सकाएर फर्कन लागेकी छन् भने उनको ठाउँमा प्रिती अरोरा आएकी छन् । बिदाई कार्यक्रममा मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन मार्टिन रेजर सहभागी थिए ।

कार्यक्रममा मन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गरे । फारिसको कार्यकालमा सुरु भएका प्रयासहरुको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने विश्वास मन्त्री पुनको थियो ।

नेपालमा मंगलबारबाट सुरु हुने विश्व बैंकको आईडीए–२१ बैठकको पूर्वसन्ध्यामा डेभिडलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले नेपाल र विश्व बैंकबीचको सहकार्य आगामी दिनमा थप सुदृढ हुने अपेक्षा व्यक्त गरे ।

फारिसको कार्यकालमा नेपाल र विश्व बैंकबीचको सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ थियो । उनले फारिसले विकास साझेदार संस्थाको प्रतिनिधिका रुपमा मात्र नभई नेपालको हैतिसी मित्रका रुपमा भूमिका खेलेको उल्लेख गरे ।

नेपालमा विश्व बैंकको पोर्टफोलियोको विस्तार, वित्तीय, वित्तीय, ऊर्जा र जलवायु क्षेत्रमा महत्वपूर्ण काम भएको स्मरण गरे । यस्तै फारिसले विकास साझेदारहरुबीच समझदारी निर्माण, भूकम्पपछिको पुनःनिर्माण, कोभिड–१९ महामारीको समयमा आपतकालीन सहयोग र खोप कार्यक्रमहरु सञ्चालनका लागि खेलेको भूमिकाको सराहना गरे ।

अमेरिकी नागरिक फारिस ०७३ असारमा बैंकको नेपाल निर्देशकका रुपमा आएका थिए । त्यसअघि फारिस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS