Connect IPS
IME Life

शिवम् सिमेन्टसको शिवम् कीर्ति समारोह २०८१ सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिवम् सिमेन्टसले शिवम् कीर्ति समारोह २०८१ सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि “उडान –समृद्धि र सहयात्राको” शिर्षकमा समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा कम्पनीले उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३१ व्टा डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो ।

रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनल अन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष अवार्ड दिइएको थियो । यसका साथै उत्कृष्ट मध्येका सर्वोत्कृष्ट चार डिलरहरुलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो ।

Prabhu
Crest

समारोहमा बोल्दै कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि वितरक तथा डिलरहरुले देखाएको धैर्यता र एकेवद्धतालाई आधार मानेर शो शिर्षक राखिएको जानकारी दिए । जसमा शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुरस्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिल कुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वर प्रसाद गुप्ताले जितेका थिए ।

त्यस्तै शिवम् सिमेन्टका सर्वोत्कृष्ट बिक्रेता अन्तर्गत शिवम चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जितेका छन् ।
समारोहमा नेपालको चर्चित कलाकारहरुका साथै भारतका ख्यातिप्राप्त कलाकारहरु कृष्ण अभिषेक र सुदेश लेहरीले मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष गौरव गोयलले आपसी सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS