काठमाडौं । असार ४ गते मंगलबार नेप्से परिसूचक २०७६.४९ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १८.७६ अंकले घटेको छ।
४ अर्ब ५ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ५२ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। जसमा २७ करोड ९२ लाख रुपैयाँको खरिद भएको छ भने २४ करोड ५७ लाख रुपैयाँको बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट १९ करोड २६ लाख रुपैयाँको खरिद भएको छ भने २१ करोड २२ लाख रुपैयाँको बिक्री भएको छ। आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरबाट खरिद धेरै भएको छ भने ४ ले विक्री धेरै गरेका छन्।