Connect IPS
IME Life
Beema Board

पहिले इन्स्योरेन्स सेक्टरबाट भए ब्याक, अहिले जमेर बीमा व्यवसाय गर्दै सुशील

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। विभिन्न क्षेत्रमा आफ्नो चर्चा कमाइसकेका सुशीलकुमार बस्न्यात अहिले बीमा क्षेत्रमा चिरपरिचित बनेका छन्। सुशील अहिले सिटिजन लाइफ इन्स्योेन्सको सिनियर एजेन्सी म्यानेजरको भूमिकामा रही बीमा चेतना फैलाउँदै बीमा पोलिसी बेच्छन्। २०३३ सालमा काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा जन्मिएका सुशीलको बाल्यकाल समान्य परिवारमा बित्यो। सुशीलले एमए, एमबीएस र एलएलबीको अध्ययन गरेका छन्।

सानैदेखि सामाजिक कार्यप्रति रुचि राख्ने सुशील विभिन्न सामाजिक संघसंस्था, केही समय शिक्षण पेसा, सहकारीलगायतका आफ्नो व्यवसाय गर्दै आए। विभिन्न समाजिक क्लबमा जोडिँदै मानवका हकहितका लागि काम गर्दै अघि बढिरहेका सुशील समयसँगै गाडी व्यवसाय, कोल्ड स्टोर, एनजीओ आईएनजीओ, नेपाल बचत तथा ऋणको केन्द्रीय संघमा सञ्चालक, ओम साइराम साकोसको अध्यक्ष, डाँफे इस्टेस्नरी इन्ड्रस्ट्रिजको सञ्चालक भएर काम गर्ने मौका पाए। उनी विगत लामो समयदेखि सहकारी क्षेत्रमा आबद्धता रही बीमा क्षेत्रमा पनि प्रवेश गरी बीमा ज्ञान बाढिरहेका छन्। सुशीलको घरनजिकैको दाइ साविक राष्ट्रिय बीमा संस्थानका कर्मचारी थिए। उनले ‘बीमाबारे ट्रेनिङ लिँदा राम्रो हुन्छ।

Prabhu
Crest

 बीमाबारेमा ज्ञान हुन्छ। तालिम लिनुस्। तालिम लिँदा राम्रो हुन्छ’ भनेका थिए। सोहीअनुरुप सुशीलले साविक बीमा समितिमा गएर इन्स्योरेन्स तालिम लिए। ‘तालिम लिएपछि म अभिकर्ता पेसमा आकर्षित भएँ’, उनले भने, ‘त्यो तालिम लिएपछि मैले २०६३ सालमा लाइसेन्स लिई काम गर्न थाले। मैले सुरुमा आफ्नो बीमा गराएँ। राम्रो नै व्यापार गरिहेको थिएँ। मैले साबिक राष्ट्रिय बीमा संस्थानमा २–३ वर्ष काम गरेँ। त्यसपछि म फेरि इन्स्योरेन्स क्षेत्रबाट ब्याक भएँ। अनि सहकारी क्षेत्रमा नै जमेर काम गर्न थालेँ।’

सहकारी व्यवसायी सुशील आफ्नो क्षेत्रमा नै जमेर काम गरिरहेका थिए। ‘भाग्यमा भएको कुरा ठोक्किएर, घुमेर आफ्नै टोल्टामा आउँदो रहेछ’, सुशीलले भने, ‘सहकारीमै फुल फाइम दिएर काम गर्छु भन्ने सोचेर बीमा क्षेत्रबाट ब्याक भएको थिएँ तर एक दिन सहकारी संस्थाका एक म्यानेजरसँग भेट भयो। उनी सिटिजन लाइफको जमल शाखाबाट पार्ट टाइम अभिकर्ता पेसामा आबद्ध रहेछन्। उनले पनि मलाई अभिकर्ता बनेर काम गर्न रिक्वेस्ट गरे। तर उनले गरेको त्यो प्रस्तावलाई मैले ओके ओके भनेर ८–९ महिनासम्म टारेँ।’
फेरि तिनै म्यानेजरले ‘तपाइँको त पब्लिक रिलेसन राम्रै छ। सहकारीमार्फत पनि बीमा गराउन सक्नुहुन्छ। गर्नुस् राम्रो हुन्छ। आफूलाई पनि फाइदा बीमा गर्नेलाई पनि राम्रो’ भन्ने सुझाव सुशीलसमक्ष राखे। त्यसपछि जमल शाखाकी बीएम र ती म्यानेजरले गरेको प्रस्तावमा सुशीलले फेरि २०७५ सालबाट सिटिजन लाइफ इन्योरेन्समा अभिकर्ता बनेर काम गर्ने निधो गरे।

सुरुमा सुशीलले आफ्नो बीमा गराए। त्यसपछि आफ्ना आफन्त र साथीभाइको बीमा गराए। सुरु–सुरुमा बीमा प्रस्ताव राख्न आफूलाई लाज लागेको अनुभव सुशीलले साटे। ६ वर्ष अघिमात्रै सिटिजन लाइफमा प्रवेश गरेका सुशील अहिले बीमा क्षेत्रमा नै आफ्नो परिचय बनाउन सफल भएका छन्। सामाजिक काममा पहिलाबाटै जोडिएका सुशील यस पेसामा जोडिएपछि आफूमा धेरै परिवर्तन आएको बताउँछन्। उनको जीवनशैलीमात्रै फेरिएन विचार र सोचाइसमेत फेरिएको छ। सुशील अहिले यो पेसाप्रति निकै सन्तुष्ट छन्। सन्तुष्ट नहोऊन् पनि कसरी ? यही पेसाले उनलाइ समाजले हेर्ने दृष्टिकोण फेरिएको छ। त्यतिमात्रै होइन आर्थिक रुपमा सक्षम हुन पुगेका छन् र बचेको पैसाले समाज सेवासमेत गर्न पाउँदा निकै खुसी रहेको उनले सुनाए। अभिकर्ता पेसा आर्थिक पाटो सबल बनाउने पेसा रहेको पनि सुशीलको बुझाइ छ।

जुनसुकै पेसामा पनि राम्रा पक्षका साथै नराम्रा पक्ष पनि हुन्छन्। अभिकर्ता पेसामा पनि दुवै पक्ष रहेको सुशीलको तर्क छ। ‘फाइनान्सियल एकदमै राम्रोसँग ग्रोथ हुनु, समाजमा साथै विश्वमा नै राम्रो परिचय बन्नु राम्रो पक्ष हो’, उनी भन्छन्, ‘तर, आफ्नो नजिकका आफन्त र साथीभाइ बीमा गर भन्दा सम्बन्ध टाढिँदै जानु र यो पेसालाई नराम्रो भन्नु चाहिँ नराम्रो पक्ष हो तर यो पेसालाई निरन्तर रुपमा लागिपरेर बीमा बुझाएर काम गर्ने हो भने बीमा बुझाइ फराकिलो हुँदै जान्छ।’ पहिलाको तुलनामा बीमा बुझाइ फराकिलो बन्दै गएको सुशीलले बताए। ‘अहिले बीमा धेरैजसो मानिसले बुझेका छन्’, उनको अनुभव छ।

सुशील अभिकर्ता पेसा सामाजिक पेसाका रुपमा हेर्छन्। ‘बीमा अभिकर्ता पवित्र पेसा हो, अभिकर्ताले कसैको सुरक्षाका लागि काम गर्छ। जोखिम वहन फजुल खर्चमा कटौति,कर्जाको सुविधा करमा छुट साथै, बीमा भनेको बचत र लगानी दुवै हो’, उनले भने।

एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुण हुनुपर्ने सुशीलको भनाइ छ। अभिकर्ता आफ्नो पेसाप्रति लगनशील र धैर्य भएर लाग्नुपर्ने उनको भोगाइ छ। एउटा इन्स्योरेन्स प्रस्ताव राखेको २ वर्षपछि बल्ल बीमा गराउन सफल भएको उदाहरण दिँदै सुशीलले अभिकर्तामा एकदमै धेरै धैर्यता हुनुपर्ने बताए। मेहनती, इमान्दारिता, सहनशीलता, धैर्यता, बीमा बुझाउन सक्ने गुण मुख्य रुपमा बीमा अभिकर्तामा हुनुपर्ने गुण रहेको उनको धारणा छ। ‘मार्केटिङ पेसामा आइसकेपछि कपाल नहुनेलाई पनि काइँयो बेच्ने क्षमता राख्नुपर्छ’, उनले थपे।

‘आफू हुँदै र आफूपछि पनि आर्थिक रुपमा आफ्नो सहभागिता जनाई राख्नु बीमा हो, सुशील भन्छन्, ‘बीमा बचत गर्ने प्रमुख आधार हो। बीमा भनेको एकदमै महत्वपूर्ण कुरा हो।’ बीमितलाई बीमा प्रस्ताव लिएर जाँदा उसको पारिवारिक अवस्था बुझेर जानुपर्ने उनको सुझाव छ। बीमा प्रस्ताव लिएर जाँदा उसको आर्थिक अवस्था, आम्दानीको अवस्था, परिवारमा पहिले नै बीमा भएको छ वा छैन साथै आर्थिक स्रोत के छ ? हेरेरमात्रै आफूले बीमाको प्रस्ताव अघि बढाउने गर्ने गरेको उनले सुनाए।

काम खोज्दै गरेको व्यक्तिहरुका लागि आम्दानीको उत्तम विकल्प अभिकर्ता पेसालाई मान्दै सुशील भन्छन्, ‘पढ्दै गरेका विद्यार्थीले यो पेसाबाट मनग्य आम्दानी गर्न सक्छन्। पढाइलाई पनि समय दिएर काम पनि गर्न सक्छन्। यस पेसामा समयको सीमा नहुने भएकाले आफ्नो फुर्सदमा गर्न सकिने हुँदा विद्यार्थीका लागि यो उत्तम पेसा हो। यो पेसामा नामका साथै दाम पनि प्रशस्त हुने गर्छ।’

सिटिजन लाइफको अभिकर्ता बनेर बीमा बुझाउन पाउँदा धेरै खुसी रहेको सुशील बताउँछन्। ‘सिटिजन लाइफको लिडरले आज म यस क्षेत्रमा पनि सफलता पाउन सफल भएँ, यसमा सिटिजन लाइफको ठूलो हात छ, सिटिजन लाइफ परिवारलाई आभार व्यक्त गर्छु’, उनले भने, ‘यस कम्पनीको सेवासुविधा राम्रो भएका कारण पनि बीमित कम्पनीको पोलिसीप्रति आकर्षित हुने गरेका छन्।’

कम्पनीले दिने हरेक टार्गेट मिट गरिरहेका सुशील अब पनि हरेक लक्ष्य पूरा गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS