Connect IPS
IME Life

भारतमा सुरु भयो ‘बीमा सेन्ट्रल’, बीमितले पाउनेछन् यस्ता सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुनै बेला भारतीयहरुसँग एलआईसीको मात्रै बीमा पोलिसी हुन्थ्यो। अहिले एकै व्यक्तिसँग धेरै बीमा पोलिसी हुन्छन्। उनीहरुसँग १–२ वटा जीवन बीमा पोलिसी त हुन्छ नै एउटा स्वास्थ्य बीमा पोलिसी पनि रहेको हुन्छ। यदि घरमा कुनै गाडी छ भने निश्चित रुपमा मोटर बीमा पोलिसी हुनेछ।

यी सबै पोलिसीको कागजातहरु सम्हालेर राख्न निकै मुस्किल हुन्छ। सबै चिज सावधानीपूर्वक एउटा ठाउँमा राख्नुपर्छ। जहाँ आवश्यक परेको बेला सजिलै खोजेर निकाल्न सकियोस्। अब भने भारतमा ती बीमा पोलिसीका कागजातहरु ह्यान्डल गर्न सजिलो हुने भएको छ। यसका लागि बीमा सेन्ट्रल सञ्चालनमा आएको छ।

Prabhu
Crest

भारतमा म्युचुअल फन्ड उद्योगको सेवा साझेदार एवं सबैभन्दा ठूलो प्लेटफर्म कम्प्युटर एज म्यानेजमेन्ट सर्भिसेज (सीएएमएस) हो। यो पुँजीबजार नियामक सेबीअन्तर्गत दर्ता भएका म्युचुअल फन्ड कम्पनीहरु र लगानीकर्ताहरुको रजिस्ट्रार र ट्रान्सफर (आरटी) एजेन्सी हो। कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी सीएएमएस इन्स्योरेन्स रिपोजिटरी सर्भिसेज (सीएएमएसरिप) हो। सोही बीमा रिपोजिटरीले बीमा पोर्टफोलियो व्यवस्थापनलाई सरल बनाउनका लागि एउटा क्रान्तिकारी वन–स्टप प्लेटफर्म बीमा सेन्ट्रल सुरु गरेको छ।

हाल विभिन्न स्रोतबाट पोलिसीहरु खरिद गर्ने अधिकांश बीमितले ती पोलिसी व्यवस्थापन गर्न चुनौतीपूर्ण महसुस गर्छन्। बीमा सेन्ट्रले अब बीमितलाई बीमा लाभ सरल र एकत्रित गरेर सशक्त बनाउनेछ। यसका साथै क्लेम–रेडिनेसको लाभ पनि प्राप्त हुनेछ र पोलिसी सेवामा सहज पहुँच सुनिश्चित गरिनेछ।

बीमा सेन्टरले प्रयोगकर्तालाई उनीहरुको सुरक्षित ई–बीमा खाता (ईआईए) मार्फत जीवन, स्वास्थ्य र मोटर बीमा पोलिसी व्यवस्थापन गर्न अनुमति दिन्छ।

सीएएमएसरिपसँग आफ्नो ई–बीमा खाता खोल्ने कुनै पनि बीमितले विभिन्न बीमाकर्तासँग आफ्ना पोलिसीहरु व्यवस्थापन गर्न बीमा सेन्ट्रलमा पहुँच पाउनेछन्। यसमा सरलीकृत पोलिसी जानकारी, नवीकरण र रिमाइन्डरहरु, व्यक्तिगत डेटाको प्रोफाइल व्यवस्थापन र मनोनित जानकारी, पोलिसी क्यालेन्डर र थप सुविधाहरु हुनेछन्। आफ्नो नयाँ ई–बीमा खाता खोल्न चाहनेहरुले केवाईसी पूरा गरेपछि तुरुन्तै बीमा सेट्रलमा त्यसो गर्न सक्षम हुनेछन्। हालको इन्टरफेस एन्ड्रोइड, आईओएस र वेब पोर्टलमा अंग्रेजी र हिन्दीमा यो सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS