Connect IPS
IME Life

जीवन बीमकको साढे १० अर्ब माथिको पोलिसी सरेण्डर, कुन कम्पनीको कति?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को वैशाख महिनासम्ममा ८७ हजार बढी बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार वैशाख महिनासम्म्मा ८७ हजार २०१ वटा समर्पन पोलिसी वापत १० अर्ब ७० करोड २ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका बीमा कम्पनीहरुमध्ये वैशाख महिनासम्ममा नेपाल लाइफको सरेण्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेण्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीको १० हजार ४८३ वटा बीमा पोलिसी वापत ९० करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । नेशनल लाइफको ५ हजार ६७१ वटा पोलिसी वापत ७९ करोड ५२ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । नेपाल लाइफको २४ हजार ३३० वटा पोलिसी वापत ३ अर्ब ८० करोड २४ लाख रुपैयाँको पोलिसी समर्पण भएको हो ।

त्यस्तै, एलआइसी नेपालको १७ हजार २९६ वटा बीमा पोलिसी वापत २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । मेट लाइफको ३ हजार ३२५ वटा बीमा पोलिसी वापत ३३ करोड ६१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । एशियन लाइफको ७ हजार ९४३ वटा बीमा पोलिसी वापत ६७ करोड ७० लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । आइएमई लाइफको ११ सय ८२ वटा बीमा पोलिसी वापत १० करोड ५३ लाख रुपैयाँको पोलिसी समर्पण भएको हो ।

त्यसैगरी सन नेपाल लाइफको ५४३ वटा बीमा पोलिसी वापत ५ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । रिलायबल नेपाल लाइफको १२ सय ४९ वटा पोलिसी वापत ७ करोड ५७ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । सिटिजन लाइफको २ हजार १२ वटा बीमा पोलिसी वापत १२ करोड १६ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । सूर्यज्योति लाइफको ४ हजार २१९ वटा बीमा पोलिसी वापत ५८ करोड १० लाख रुपैयाँको पोलिसी समर्पण भएको छ ।

सानिमा रिलायन्स लाइफको १५ सय वटा पोलिसी वापत १६ करोड ५० लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । हिमालयन लाइफको ६ हजार ५०७ वटा पोलिसी वापत ५७ करोड ८९ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । प्रभु महालक्ष्मी लाइफको ९ सय २१ वटा बीमा पोलिसी वापत १४ करोड २१ लाख रुपैयाँको पोलिसी समर्पन भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

80%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS