काठमाडौं । हाइड्रोपावर कम्पनी मध्ये सर्वाधिक बजार मूल्य भएको कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १५०० माथि पुगेको छ । जेष्ठ २९ गतेको बजार मूल्य अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १५०९ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै दोश्रोमा भगवति हाइड्रोपावरको मूल्य १२५९ रुपैयाँ ५० पैसा रहेको छ । एक हजार माथि बजार मूल्य भएका दुई कम्पनी रहेका छन् ।
सर्वाधिक बजार मूल्य भएका हाइड्रोपावर कम्पनीहरु :
१. कुथेली बुखरी स्मल हाइड्रोपावर : १५०९ रुपैयाँ ३० पैसा
२. भगवति हाइड्रोपावर : १२५९ रुपैयाँ ५० पैसा
३. माण्डु हाइड्रोपावर : ८९९ रुपैयाँ ८० पैसा
४. सुपरमाई हाइड्रोपावर : ८२८ रुपैयाँ
५. शुभम पावर लिमिटेड : ७८३ रुपैयाँ