Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकको बर्दघाट शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज जेठ २९ गते बर्दघाट नगरपालिका वडा नं ४, बाढी पिडित स्थित श्री नवजीवन मा.वि.मा सम्पन्न गरेको हो ।

बैंकको बर्दघाट शाखा टिम र प्रधानाध्यापक कमल प्रसाद अर्यालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंक, बर्दघाट शाखाका प्रमुख टुल्का प्रसाद काफ्ले, सम्बन्ध अधिकृत धुर्व प्रसाद ढकाल र संचालन विभाग प्रमुख रविन थापा सहभागी थिए ।

Prabhu
Crest

कार्यक्रममा वित्तीय साक्षरताको आधारभूत शिक्षा विषयमा जानकारी दिइएको थियो । उक्त विद्यालयका प्रधानाध्यापक कमल प्रसाद अर्याल लगायत अन्य शिक्षक तथा कर्मचारीको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा सहभागी ४५ जना विद्यार्थीहरुको उपस्थिति उत्साह पुर्ण रहेको जानकारी बैंकका शाखा प्रमुख काफ्लेले दिए ।

यस वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यस बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निक्षेपमा उच्चतम् ब्याज, कर्जा लगानी सहित एटिएम सेवा, क्रेडिट कार्ड, मोबाइल बैकिङ जस्ता आधुनिक बैकिङ सेवाहरु समेत प्रदान गर्दै आइरहेकोछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS