Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकका ग्राहकले गुरू ट्राभल्सको सेवामा आकर्षक छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सहकार्य भएको छ । बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सहमतिपत्र हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि अब बैंकका कर्मचारी तथा ग्राहकहरूलाई ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजारसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ ।

Prabhu
Crest

यस्तै ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा रु ५०० बराबरको स्पेशल डिस्काउण्ट लगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।

कार्यक्रममा बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । ट्राभल्सका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS