Connect IPS
IME Life

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकले लुम्बिनी केबलकारको टिकटमा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी केबलकारबीच व्यवसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका देशभरका शाखाका कर्मचारीहरुलाई लुम्बिनी केबलकारको टिकट खरिदमा २० प्रतिशत छुट हुने भएको छ ।

सम्झौता पत्रमा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर डिएन कायस्थ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट मानव संशाधन विकास तथा ब्राण्डिङ्ग प्रमुख प्रभास राईले हस्ताक्षर गरे ।

Prabhu
Crest

केबलकारको टिकटमा छुट पाउन बैंकका कर्मचारीले बैंकको कर्मचारी परिचयपत्र अनिवार्यरुपमा साथमा राखेर टिकट काउन्टरमा देखाउनुपर्ने गरी सुम्झौता भएको केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए ।

लुम्बिनी प्रदेशमा मात्रै ७२ वटा शाखा रहेको बैंकका देशभर ८८ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरमा गरी करिब एक हजार कर्मचारी कार्यरत छन् ।

बैंकले यो वर्ष र दुई वर्ष अघि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो । रुपन्देहीको पर्यटन प्रवद्र्धनमा अहं भूमिका खेल्न सक्ने प्रदेशको पहिलो केबलकार भएकाले लुम्बिनी केबलकारसंग व्यवासायिक सहकार्य गरिएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS