काठमाडौं । आज शेयर सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ५९ अंकले घटेर २,०७३ को विन्दुमा कायम भएको छ । आज ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको १३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्र्टन हाइड्रोपावर, शुभव पावर, सिटी होटल, कुथली बुखरी हाइड्रको लगानीकताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । भगवती हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।