Connect IPS
IME Life

मुलुकको आर्थिक स्थायित्व सुनमा निर्भर, सबैभन्दा धेरै सुन कुन देशमा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यदि कुनै देशको मुद्रा अन्तर्राष्ट्रिय रुपमा कमजोर हुन्छ भने सुनको भण्डारले त्यस देशको क्रयशक्ति र आर्थिक स्थिरता कायम राख्न मद्दत गर्दछ। जब अर्थतन्त्रमा समस्या आउँछ र सामान आयात गर्न डलर हुँदैन तब सुन धितो राखेर पैसा जुटाएर आर्थिक संकटबाट बाहिर निस्किन सकिन्छ।

धेरै सञ्चिति हुनु भनेको देशको अर्थतन्त्र बलियो हुनु हो । यसले पनि देखाउँछ कि देशले आफ्नो पैसा राम्रोसँग व्यवस्थापन गर्छ। यस्तो अवस्थामा अन्य देश र विश्व वित्तीय संस्थाले त्यो देशलाई बढी विश्वास गर्छन् । सुनको भण्डारले कुनै पनि देशको मुद्रा मूल्यलाई समर्थन गर्न ठोस सम्पत्ति प्रदान गर्दछ।

Prabhu
Crest

विश्वकै ठूलो अर्थतन्त्र अमेरिका सुन भण्डारको हिसाबले शीर्ष स्थानमा रहेको छ। अमेरिकामा ८ हजार १३३.६५ टन रहेको छ।

यसैगरी दोस्रो स्थानमा जर्मनी रहेको छ। यो देशमा भण्डारमा ३ हजार ३५२.६५ टन सुन रहेको छ।

इटाली यो सूचीमा तेस्रो स्थानमा रहेको छ। यो देशको भण्डारमा २ हजार ४५१.८४ टन सुन रहेको छ।

यसैगरी फ्रान्ससँग २ हजार ४३६.८८ टन, रुससँग २ हजार ३३२.७४ टन, चीनसँग २ हजार २६२.४५ टन, स्विट्जरल्यान्डसँग १ हजार ४० टन, जापानसँग ८४५.९७ टन, भारतसँग ८२२.०९ टन र नेदरल्यान्ड्ससँग ६१२.४५ टन सुन रहेको छ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS