काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको संञ्चालक समितिको बैठले थापालाई अध्यक्ष पदमा चयन गरेको हो ।
नवनियुक्त थापाले शुक्रबार डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग सपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका थापाको केन्द्रिय बैंकको विभिन्न विभागमा २१ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।
नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।