Connect IPS
IME Life

७ महिनामा २३ हजार नयाँ अभिकर्ता थपिंदा सरकारी जीवन बीमकको जम्मा ५९

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट अनलाइन माध्यमबाट इजाजत पत्र वितरण शुरू गरिएयता चालू आर्थिक वर्षको कातिक १७ बाट ७  महिनामा २३ हजार भन्दा बढी नयाँ अभिकर्ता थपिएका छन् । कम्पनीहरुबाट प्राप्त  विवरण अनुसार गत बैशाख मसान्तसम्ममा २३ हजार ८५६ जनाले अभिकर्ता इजाजत पत्र लिएका छन् ।

प्राधिकरणका अनुसार सरकारी स्वामित्वको जीवन बीमक राष्ट्रिय जीवन बीमा कम्पनीको सबैभन्दा थोरै ५९ जना नयाँ अभिकर्ता थपिएका छन् । दोहोरो अंकमा अभिकर्ता उत्पादन गरेको यो मात्र एक कम्पनी हो , बाँकी कम्पनीले तेहरो र चार अंकमा नयाँ अभिकर्ता उत्पादन गरेका छन् ।

Prabhu
Crest

प्राधिकरणका अनुसार जीवन बीमा व्यवसायको २८ प्रतिशत हिस्सा ओगटेको नेपाल लाइफमार्फत् ३ हजार ८४२ हिमालयन लाइफमार्फत् ३ हजार २५४, नेशनल लाइफमार्फत् २ हजार ७७२ एशियन लाइफमार्फत् २ हजार ४११ जनाले बीमा अभिकर्ता इजाजत पत्र लिएका छन् । यसैगरी सूर्यज्योती लाइफबाट १ हजार ९८४ र सिटीजन लाइफमार्फत् १ हजार ६८४ जनाले अभिकर्ता इजाजत पत्र प्राप्त गरेका छन् । सानिमा रिलायन्समार्फत् १ हजार ४३२ र  प्रभू महालक्ष्मी लाइफमार्फत् १ हजार ५२ जनाले प्राधिकरणबाट इजाजत पत्र पाएका छन् । निजी क्षेत्रको जीवन बीमकमध्ये मेट लाइफको नेपाल शाखामा आबद्ध अभिकर्ता संख्या सबैभन्दा न्यून ५७३ रहेको छ । भारतीय संयुक्त लगानीको एलआइसी नेपालले पनि ५७५ जनालाइ नयाँ अभिकर्ता इजाजत पत्र दिलाएको छ ।

व्यवसायको विस्तारका लागि अभिकर्ता उत्पादन र व्यवसायीक अभिकर्ताको निरन्तरता दुबै महत्वपूर्ण मानिन्छ, किनकि नेपालमा जीवन बीमा व्यापारको ९० प्रतिशतभन्दा बढी हिस्सा अभिकर्तामार्फत् नै प्राप्त हुँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS