काठमाडौं । यो साता भगवति हाइड्रोपावरको शेयर मूल्य करिब ३१ प्रतिशतले वृद्धि भएको छ । गत साता ८३५.१ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १०९३.८० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २५८.७० ले बढेको छ ।
त्यस्तै दोश्रोमा ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य २९.६४ प्रतिशतले वृद्धि भएर बजार मूल्य १६४३ पुगेको छ । गत साता कम्पनीको बजार मूल्य १२६७.४० थियो ।
तेश्रोमा बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर मूल्य २० दशमलव ९८ प्रतिशतले वृद्धि हुँदै ७१५ पुगेको छ । गत साता कम्पनीको बजार मूल्य ५९१ थियो ।