काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २८ स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
बैंकले शुक्रबार कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूका लागि वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुका साथै १५० थान स्कुल ब्याग, ६५ वटा कापी तथा ६५ थान कलम वितरण गरेको हो ।
सो अवसरमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यामिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति थियो । ब्याग वितरणबाट विद्यार्थीहरूलाई अध्ययनका लागि सहजता हुने कम्पनीले विश्वास लिएको छ ।