Connect IPS
IME Life

बजारलाई चलायमान बनाउन नियामकहरुबीच समन्वय आवश्यक : अध्यक्ष सिलवाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नियामक सबै निकायले आपसमा समन्वय गरेर बजारलाई सुरक्षित र चलायमान बनाउनुपर्ने बताएका छन्।

नेपाल धितोपत्र बोर्डको ३२ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित एक समारोहरलाई सम्बोधन गर्दै अध्यक्ष सिलावलले यस्तो धारणा राखेका हुन्। ‘चाहे त्यो बीमा बजार वा पुँजी बजार, सबैलाई सुरक्षित चलायमान बनाउन नियामकहरुबीच समन्वय हुनुपर्छ’, उनले भने।

Prabhu
Crest

अध्यक्ष सिलवालले वित्तीय बजारमा बीमा र पुँजी बजार दुवै पर्ने भएकोले नियामकहरु सबैबीच समन्वय आवश्यक रहेको बताए। ‘नियामकले बजारलाई गतिशील बनाउन आवश्यक नीतिनियम ल्याउन आवश्यक हुन्छ, यस्तो भएको खण्डमा मात्रै आमसर्वसाधारणको विश्वास बढ्छ’, उनले भने, ‘यसका लागि सबै नियामकले आवश्यक सहकार्य गर्नुपर्छ।’

धितोपत्र बोर्डको अहिलेसम्मको यात्रा फलदायी रहेको उल्लेख गर्दै सिलावलले आगामी वर्षहरुमा अझै उत्कृष्ट ढंगले अगाडि बढोस् भन्ने शुभकामना पनि दिए।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS