Connect IPS
IME Life

प्रभु बैंकमा आबद्ध भएकाले हेयर एण्ड शान्तिको सेवामा विशेष छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले काठमाडौंको कमलादिस्थित हेयर एण्ड शान्तिबाट सौन्दर्य सम्बन्धि सेवा सुविधामा विशेष छूट पाउने भएका छन् ।

एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सो अवसरमा कम्पनीका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति थियो ।

सम्झौता अनुसार हेयर एण्ड शान्तिमा सौन्दर्य सम्बन्धि सेवा लिँदा थ्रेडिङ्ग बाहेकमा प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले १० प्रतिशत र कर्मचारीहरुले ३० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

छूट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंकको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

कम्पनीले नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS