Connect IPS
IME Life

प्राधिकरणको बारबर्दिया नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयले बारबर्दिया नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, पालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरु र बीमा कम्पनीका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण, प्रदेश कार्यालय प्रमुख पूर्ण बहादुर थापा, प्रमुख अतिथिमा छबिलाल थारु, नगर प्रमुख, बारबर्दिया नगरपालिका अतिथिमा रत्न कुमारी पाण्डे, नगर उपप्रमुख, बारबर्दिया नगरपालिका अतिथिमा बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, रहेका थिए । कार्यक्रम शोभा भट्टराईले संचालन गरेकी थिइन् ।

Prabhu
Crest

कार्यक्रममा नेपाल बीमा प्राधिकरण प्रदेश कार्यालय प्रमुख पूर्ण बहादुर थापाले बीमा प्राधिकरणको सामान्य जानकारी तथा कृषि, पशुपन्छी तथा जडिबुटी र लघु बीमाको सामान्य जानकारी, बीमाको महत्व, बीमा बजारको हालको अवस्था र प्राधिकरणले नगरपालिकाबाट अपेक्षा गरिएका विषय लगायतको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले बीमा गरिएको पशुपन्छी हराएको खण्डमा कभर नहुने ब्यवस्थालाई बीमालेखमा नै ब्यवस्था गरी लागू गरिनु पर्ने, बैदेशिक रोजगार बीमाको मृत्यु दावी भुक्तानीमा बीमा कम्पनीका कर्मचारीहरुले सहयोग नगरेको, बीमा गर्न सजिलै गर्ने तर दावी परेको अवस्थामा बीमकका कर्मचारीबाट सहयोग नपाएको र दावी भुक्तानी प्रकृया झन्झटिलो रहेको, कोरोना बीमाको रकम हालसम्म नआएकोले अव सो दावी रकम पाउने कि नपाउने बीमा प्राधिकरणले पहल गर्नुपर्ने, बीमकले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा गर्न नमानेको, बीमकले पशुपन्छीको बीमांक रकम निर्धारण गर्दा कम राख्ने गरेको लगायतका विषयमा सहभागीहरुले जिज्ञासाहरु राखेका थिए ।

प्रमुख प्रशासकीय अधिकृतले बीमा सम्बन्धी छलफल कार्यक्रम राखिएकोमा प्राधिकरणलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल बीमा प्राधिकरणले बीमक तथा बीमितको प्रभावकारी रुपमा नियमन गर्न आग्रह गरे । नगरपालिकाले समन्वय र सहकार्य गरी बीमा सम्बन्धी कार्यलाई अगाडी बढाउने, बीमाका विषयमा पालिकाका जनप्रतिनिधिहरुले पनि बुझ्नु पर्ने र जनतालाई पनि बुझाउनु पर्नेमा जोड दिए ।

नगरप्रमुखले बीमालेखमा लेखिए बमोजिमका शर्त तथा सुविधाहरु दावी पर्यो भने सजिलै पाउनु पर्ने ब्यवस्था गर्नु पर्ने, दावी भुक्तानी प्रकृया सरलीकृत गरी बीमाको विश्वसनियता बढाउनु पर्ने, नगरपालिकाले बीमा नीती तयार गर्दा प्राधिकरणसंग सरसल्लाहा गर्ने र आगामी बजेटमा बीमालाई समेट्ने, नगरपालिकाले बीमा नीति बनाउँदा न्यून आय भएका जनता तथा जोखिमयुक्त भूगोललाई हेरेर बनाउने विषयमा जानकारी दिए ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले उठेको समस्या तथा जिज्ञासाहरुको उत्तर दिंदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS