Connect IPS
IME Life

नेपाल एसबिआई बैंक र फोनपेबीच सीमापार भुक्तानी सम्बन्धी सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंक र फोनपेबीच सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । उक्त सझौतासँगै नेपाल भ्रमणमा आउने भारतीयले अब (UPI) आवद्ध एपहरू (PhonePe, BHIM UPI, Google Pay) प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न पाउने भएका छन् ।

बैंकले Person-to-Merchant ( P2M) भुक्तानी च्यानल सञ्चालन गर्न फोनपेसँग सम्झौता गरेको हो । नेपाल एसबिआईको Fone Pay नेटवर्कसँग आवद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउदै (UPI) भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्ने जनाइएको छ ।

Prabhu
Crest

सम्झौताले नगदरहित कारोवारलाई प्रबद्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको बैंकले उल्लेख गरेको छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दास लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

हाल बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS