Connect IPS
IME Life

लक्ष्मणले दिए छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाहउत्सव या अन्य यस्तै विशेष उत्सवमा दिइने उपहारको शैली परिवर्तन भएको छ । पछिल्लो समय आफ्ना आफन्तलाई जीवनको जोखिम बहन गर्ने बीमालेख उपहार दिने चलन बढेको छ । यसैबीच छोरीको जन्मदिनको अवसरमा सोलुदुधकुण्ड नगरपालिका–४ का लक्ष्मण घिमिरेले १० लाख बराबरको बीमालेख उपहार दिएका हुन् ।

फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बीमा गराएको घिमिरेको भनाई छ । उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बीमा गर्न समेत आग्रह गरे ।

Prabhu
Crest

अन्य उपहार भन्दा बीमा पोलिसी अत्यन्त उपयोगी हुने भएकाले ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य’ जीवन बीमालेख खरिद गरेर प्रदान गरिएको घिमिरेले बताए । हिजो मंगलवार साँझ नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय सोलुखुम्बुका प्रबन्धक प्रकाशबाबु कार्कीद्वारा बीमितलाई उक्त पोलिसी दिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS