काठमाडौं । शेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ को विन्दुमा झरेको छ।
बजार घट्दा ८३ कम्पनीको शेयरभाउ बढेको छ भने १५८ कम्पनीको घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९३ रुपैयाँमा किनबेच भएका छन्। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः १९ करोड ३ लाख रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः १८ करोड ४३ लाख रुपैयाँ
- निमा माई हाइड्रोपावरः १६ करोड ९९ लाख रुपैयाँ
- पोखरा फाइनान्सः १२ करोड ६ लाख रुपैयाँ
- ग्लोबल आइएमई लघुवित्तः ८ करोड ५३ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ७ करोड ४७ लाख रुपैयाँ
- नाडेप लघुवित्तः ६ करोड ६६ लाख रुपैयाँ
- शिवम सिमेन्टः ६ करोड ६६ लाख रुपैयाँ
- हिमालयन लघुवित्तः ६ करोड ४८ लाख रुपैयाँ
- विजय लघुवित्तः ५ करोड ८५ लाख रुपैयाँ