काठमाडौं । ९१ सूचीकृत कम्पनी सहित हाइड्रोपावर सेक्टर नेप्सेमा संख्याको हिसाबमा सबै भन्दा ठूलो सेक्टर हो । त्यसको परिणाम स्वरुप सर्वाधिक रकमको कारोबार यस क्षेत्रको हुँदै आएकोमा आज लघुवित्त सेक्टरको सर्वाधिक कारोबार भएको छ । लघुवित्त सेक्टरको आज १ अर्ब १ करोडको कारोबार भएको छ भने दोश्रोमा हाइड्रोपावर सेक्टरको ८९ करोड ३६ लाखको कारोबार भएको छ । आज नेप्सेमा ४ अर्ब ४ करोडको कारोबार भएको थियो ।
आज लघुवित्त समूहको समूहगत परिसूचक १ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ ।