Connect IPS
IME Life

भरतपुर महानगरले ठुलो डिसप्लेमा नेपाल र नेदरल्याण्डबीचको खेल देखाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भरतपुर महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउने भएको छ । टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ ।

नेपालले समूह चरणको पहिलो खेलमा मंगलबार नेदरल्याण्डसँग खेल्दैछ । यसको प्रत्यक्ष प्रसारण राती ९ः१५ बजे भरतपुरको गेष्ट हाउस चौरमा देखाउन लागेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।्

Prabhu
Crest

नेपाल सन् २०१४ पछि टि–२० विश्वकप खेल्न लागेको छ । क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठुलो डिसप्लेको व्यवस्था गरिएको महानगरले जनाएको छ ।

भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेकाले यहाँ क्रिकेटको गतिविधि र महोल वृद्धि हुँदै गइरहेको छ ।

सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको यसै मैदानमा खेलाउने क्यानको तयारी पनि छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS