काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव २२ अंकले बढेर २,०८५ को विन्दुमा कायम भएको छ । आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीकोे शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्तका लगानीकर्ताले पनि ७ प्रतिशतका दरले कमाएका छन् ।