GBIME
IME Life

बजेटमा निजी क्षेत्रलाई अगाडी बढाउनेगरी काम गरिएको छ:  गभर्नर अधिकारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको बजेटमा निजी क्षेत्रलाई विशेषगरी हेरिएको बताए । आईतबार इकोनोमिक मिडिया सोसाईट नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै उनले यसपल्टको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राखेको बताए ।

यसपटकको बजेटमा ईमान्दारी प्रयाससँगै बजेटमा निजी क्षेत्रलाई कसरी सँगै लैजाने सकिन्छ भन्ने कुरालाई मुख्य जोड दिईएको बताए । गत बर्ष भएका समस्यालाई यो बर्ष कसरी समाधान गर्न सकिएला भन्ने कुराहरुलाई पनि जोड दिईएको उनले बताए । कृषि क्षेत्रलाई चलायमान बनाउन र यसको वृद्धिका लागि बजेटमा विशेष ध्यान दिएको उनले बताए ।

SKYWELL
Crest

राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा रहेको बताउँदै यो बर्षबाट एक सल्लाहकार समिति राखेको र यसले मौद्रिक नीतिमा सबै क्षेत्रको समस्या र समाधान समेट्ने उनले बताए । बजेटमा बजेट ल्याउनेले सबै कुरा ठिक र विपक्षिमा भएकाले सबै बेठिक भनिरहेको देख्न सकिने उनले बताए ।
बजेटमा लिएका लक्ष्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मुद्रास्फिति कायम राख्न सकिन्छ भन्नेमा आफु ढुक्क रहेको उनले बताएका छन् ।

यसपल्टको बजेटमा विकासको हुटहुटी र निजी क्षेत्रलाई सँगै लिएर जाने हुटहुटी देखिनेपनि उनले बताए । वित्तीय क्षेत्रको नीतिमा हामीले केहि फरक गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । नीतिगत दर, कर्जाको ब्याजदरलगायतका कुरामा आगामी मौद्रिक नीतिले केहि समेट्ने उनले बताए ।

हामीले गरेका केहि सुधारका क्रियाकलापहरुमा ज्यादै नै अब्जेक्सन हुनेगरेको बताउँदै उनले यस्ता कुरामा अब्जेक्सन नगरिदिन आग्रह गरेका छन् । यस्तो हुँदा लगानी नराम्रो स्थानमा जाने उनको भनाई छ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS