Connect IPS
IME Life

उद्योगमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्छ: नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योग, व्यवसायमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बजेटले नयाँ सुधारको कार्यक्रम अघि बढाउने कुरा उल्लेख गरेको बताउँदै उनले निजी क्षेत्रको मनोवल बढाउने, पर्यटन उद्यमशिलता बढाउनेलगायतका क्रियाकलापहरु बजेटका समेटिएको बथताए ।

Prabhu
Crest

उनले विभिन्न ऐन तथा नियमावलीमा समायनुकुल परिवर्त गर्ने कुरालाई समेटेको बजेटले समेटेकाले यसको स्वागत गरिएकोसमेत बताए । ‘बजेटमा भनिएका नयाँ र सुधारात्मक कानुनहरु चाँडो ल्याउनुपर्दछ,’ उनले भने, ‘सूचना प्रविधिलाई जोड दिएर गरिएको घोषणाका कारण हामी उत्साहित छौं ।’

निजी क्षेत्रका लागि सरकारको प्राथमिकता के हो अझै नबुझिएको उनले बताए । पछिल्ले समय उद्योगीको मनोबल गिरेको बताउँदै उनले बजारमा मन्दी छाएको र यहि बेलामा सरकारले बजेटमार्फत केहि वस्तुको कर बढाईदिँदा झन समस्या थपिएको बताए । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनेगरी बेलैमा नसोचे बजेटमा घोषणा गरिएअनुरुपको आर्थिक वृद्धिदर हासिल गर्न अप्ठ्यारो हुने उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS