Connect IPS
IME Life

जीवन बीमामा अभिकर्ताको अपरिहार्यता

SPIL
NIC ASIA new
Sanima Reliance

जीवन बीमामा अभिकर्ताहरुको अपरिहार्यता निकै ठूलो छ । यस क्षेत्रको मेरुदण्डको रुपमा उभिने भएकाले पनि अभिकर्ताहरुको भूमिका फ्रन्टलाइनमै हुने गर्छ । अरुको समेत जोखिम धारण गर्ने काम जीवन बीमाले गर्ने भएकाले जीवन बीमाको सम्बन्ध अन्य विविध क्षेत्रसँग हुने यस क्षेत्रमा कार्यरत अभिकर्ताहरु बताउँछन् ।

सबैभन्दा पहिला अभिकर्ताहरुले बीमा बुझ्न जरुरी छ । किनभने अभिकर्ताहरुले बीमा बुझेपछि मात्रै आम नागरिकहरुमा उनीहरुले राम्रोसँग बुझाउँन सक्छन् । यो कुरामा नै केन्द्रित रहेर विभिन्न छलफलहरु समेत हुँदै आएका छन् । पछिल्लो समय नेपालमा बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले नै अभिकर्ताहरुको लाइसेन्स अनलाइनमार्फत लिन मिल्ने प्रणालीको पनि सुरुवात गरेको छ । पछिल्लो समय प्रविधि मैत्री बाटो अपनाउँदै जाँदा त्यसले धेरै जना अभिकर्ताहरुमा सहजता समेत थपिएको अवस्था छ ।

Prabhu
Crest

जीवन बीमामा अभिकर्ताको महत्व अन्तराष्ट्रिय स्तरमा पनि महत्वपूर्ण हुने गर्छ । बीमा अभिकर्ताहरुले बीमाको बजारीकरणमा केन्द्रित रहेर काम गर्छन् । उनीहरुको जिम्मेवारी व्यक्तीलाई बीमा के हो ? भनेर सम्झाउँनेदेखि बीमा गराउँने र अन्तिममा परेका दाबी फरफारक गर्न सहयोग गर्नेसम्म रहन्छ । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले विभिन्न निर्देशन दिँदै बीमा अभिकर्ताहरुको पेशालाई थप मर्यादित र विश्वासिलो बनाउँन काम गरिरहेको अवस्था छ ।

प्रविधि मैत्री रुपमा काम गर्ने शैली अपनाउँदा बीमा गराउँने संस्कारमा समेत निकै सुधार भएको पाइन्छ । अहिले जबर्जस्ती भन्दा पनि बीमितहरु आफैले बीमाबारे बुझेर अभिकर्ताहरुलाई बीमाको प्रोडक्टको बारेमा सोध खोज गर्न थालेका छन् । यता बीमा अभिकर्ताहरुले आफै प्रविधिको प्रयोग गरेर व्यवसाय बढाएको हामीले पाउँन सक्छौं । त्यस्ता उदाहरण खोज्न हामीले विगतको जस्तो निकै पर जानैपर्नै अवस्था छैन । मात्रै हामीले केही वर्ष अगाडीको कोरोना महामारीको कोभिड १९ का समयलाई यसको प्रतिनिधि पात्र जस्तो आधिकारीक उदाहरण बनाउँ पनि सक्छौं । कोरोना महामारीको फैलने केही महिनासम्म प्रविधिबाट बीमा गराउँन नमान्ने अभिकर्ताहरुले नै उक्त समयमा भने आफ्ना मोवाईल तथा ईन्टरनेको सहायताबाट पनि लाखौं करोडौ रुपयाँको बीमा भएको थियो । साथै, नेपालका बीमा कम्पनीहरुले पनि प्रविधि मैत्री पोलिसीमा जोड दिएको अवस्था छ भने बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले समेत बीमितकै सहजतालाई ध्यानमा राखेर प्रविधि मैत्री धेरै पोलिसीहरुलाई स्वीकृती दिएको अवस्था छ ।

बीमा कम्पनी, अभिकर्ता र बीमितहरु बिचको हार्दिकता कायम गर्न नियामकको रुपमा नेपाल बीमा प्राधिकरणले पनि आफ्ना नीति, निर्देशनहरु अघि बढाएको अवस्था छ । अभिकर्ताहरुले अनलाइन परिक्षा नै दिने नियमावलीको कार्यन्वयन भइसेको अवस्थामा उनीहरुको क्षमता वृद्धिमा समेत ठूलो सहयोग पुग्दै आएको छ । हाल नेपालको कुनै प्रदेशमा रहेका नागरिकहरुले पनि सहजै बीमा अभिकर्ता बन्न पाउँन भन्ने उदेश्य नेपाल बीमा प्राधिकरणले राखेको जानकारी दिँदै आएको छ । सबैभन्दा धेरै महत्व बोकेको बीमा क्षेत्रको जोखिमांकनकर्ताको दायित्व पनि अभिकर्ताहरुकै काँधमा छ । नयाँ व्यक्तीलाई अभिकर्ता बनाउँदा बीमाको राम्रो ज्ञान दिलाएर मात्रै लाइसेन्स दिने परिपाटी नेपाल बीमा प्राधिकरणले सिर्जना गरिरहेको छ । हाल अन्य पेशाबाट आएका कैयौ युवा शक्तीहरु यही पेशामा धेरै रमाएका छन् । धेरैले राम्रै रकम आर्जन गर्न समेत सफल भएका छन् ।

अरुको जोखिम रक्षावरण गर्ने रक्षाकवचको रुपमा स्थापित बीमा क्षेत्रमा नागरिकमा बीमाकोचेतना धेरै बढ्दै गएको अवस्था छ । बीमा क्षेत्रलाई विश्वास गरेर नागरिकहरुले लाखौं, करौंडौ रुपैयाँबराबरको प्रिमियम अभिकर्ताको हातमा थम्याउँने गर्छन् । यो एक हिसाबले अभिकर्ताहरुले गरेको समाज सेवा हो भने अर्को भनेको बीमितहरुले पनि सहजै आफ्नो रिक्स ट्रान्सफर गर्ने मौका पाएको अवस्था हो । आफ्नो जोखिम अरुलाई दिने भनेको यो एउटा सुनौलो मौका हो भन्ने बीमाको दाबी परेर भुक्तानी पाएका बीमितहरुले बारम्बार भन्दै आएको अवस्था छ । त्यस्तै, पछिल्लो अवस्थामा बीमाले दाबी बापतका पैसा पाएका समाचारहरु पनि धेरै मात्रामा बढेको देखिन्छ । बीमा आफैमा प्राविधिक विषय भएकाले बीमा गर्ने बेलाको सम्झौतालाई नै आधार बनाएर बीमा कम्पनीहरुले भुक्तानी दिने गर्छन् ।

बीमा क्षेत्रसँग धेरैका सपना, आर्थिक सबलता, रक्षावरण अझ भनौ सबैभन्दा विशेष विश्वास समेत जोडिने गर्छ । विश्वासले नै संसार चल्ने गर्छ । त्यस्तोविश्वासको जिम्मेवारी अभिकर्ता समक्ष जोडिने पर्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा बीमा धेरै जिम्मेवारीमाजोडिने खम्बा अभिकर्तालाई मान्न सकिन्छ । उनीहरुले गरेको बजारीकरणले नै बीमितहरुलाई सेवा दिने र बीमक, बीमा कम्पनीहरुको सेवालाई चुस्त, दुरुस्त बनाउँन मद्धत गर्छ ।

नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत नेपाली अभिकर्ताहरुले विभिन्न उपाधी पएको अवस्था छ । मानिसहरुले अनलाइनमा हेरेर मात्रै पोलिसी किन्ने भन्दा पनि अरुसँग आफ्ना भावना साटेर, आवश्यक ज्ञान लिएर गरेका बीमाका महत्व धेरै छ । भनिन्छ संसारमा केही पनि आफैमा उत्कृष्ट नहोला तर त्यस्तो बेलामा पनि त्यस्ता उत्कृष्ट नभएका वस्तलाई उत्कृष्ट बनाउँने चिज पनि एउटा अवसरको रुपमा स्थापित बनिदिन्छ । त्यस्तै, बीमा अभिकर्ताहरुका कमजोरी छैनन् भन्न त पट्क्कै सकिदैन तर उनीहरुले त्यस्ता केही खराबीलाई सफापनमा परिवर्तन गर्दै जाँदा बीमा व्यवसायले अझै आफ्नो नयाँ उज्यालो बाटो पाउँने पक्का छ । अब अभिकर्तालाई अभिकर्ताले नै जागरण गर्ने बेला आएको देखिन्छ । बीमा क्षेत्रमा सबैभन्दा महत्व भएका र बीमा कम्पनी र बीमितलाई जोड्ने भएकाले पनि बीमा अभिकर्ताहरुको आफ्नै महत्व  छदैछ । यसबिचमा पनि अभिकर्ताहरुले आफ्नो कसिशनको लागि मात्र नभई बीमालाई सेवाको रुपमा नै काम गर्ने बेला आएको छ । बीमा एउटा यस्तो पेशा हो एउटा हातमा यसलाई व्यवसायको रुपमा हेर्न सकिन्छ भने अर्को हातमा हेर्दा बीमा भनेको वास्तवमा सेवा पनि हो ।

बीमितले बीमालाई सेवाको रुपमा पाएमा उनीहरुले आफ्नो सेवका बारेमा अन्य नागरिकिलाई समेत सकारात्मक प्रचार गरिदिन्छन् ।

बीमा कम्पनीहरुले अभिकर्तालाई फकाउन विगतमा मोटा रकममा ऋण समेत दिएका घटनाहरु चर्चामा छन् । तर, अब अभिकर्ताले बीमितलाई खोज्ने वा बीमा कम्पनीहरुले अभिकर्ता रिसाउँदन कि भनेर उनीहरुलाई फकाउँने मात्रै होइन । अब त बीमा अभिकर्तालाई बीमितहरुले समेत खोज्ने बेला आएको छ ।

पछिल्लो समय अभिकर्ताहरुको स्तरोन्तती भएको अवस्था छ । विगतमा अभिकर्ताहरु अन्य क्षेत्रमा सफल नभए पछि वा रोजगारी नपाएपछि बीमा क्षेत्रमा आउँछन् भन्ने पनि थियो । तर, अहिले अवस्था परिवर्तन भएको राम्रो विषय पढेका, राम्रा घर परिवारका र राम्रा रोजगारी छोडेर समेत अभिकर्ता पेशामा आउँनेहरुको संख्या बढेको छ । त्यसरी बीमा अभिकर्ताको रुपमा आउँनेमा किशोर किशोरी वर्ग पनि छन् । यसले त कसैलाई बीमा अभिकर्ता नै मेरो भविष्य हो भन्ने लागेको पाउँन सकिन्छ । लाखौ अभिकर्ताहरुको हरदम आवश्यक पर्ने यस बीमा क्षेत्रमा जम्ममा २ वटा जरुरी देखिएको छ । एउटा अभिकर्तालाई वास्तमा सबैले थाहाँ पाउँन जरुरी छ भने अर्को नभनेको उनीहरुलाई दिने जानकारीको बारेमा सरोकारवालाहरुले लोभ गर्न पाइदैन । अभिकर्ताहरुले जानेको विषय नागरिकलाई सिकाउँने हो । अब उनीहरुलाई सिकाउन नै लोभ गरियो भने त भोली नागरिकमा जाने जानकारी पनि गतिलो बन्दैन । त्यसैले सही सन्देश दिँदै यस क्षेत्रको विकास गर्न र देशको अर्थतन्त्रमा ३ प्रतिशत योगदान दिने बीमा क्षेत्रलाई अझ चम्किलो बनाउँन अभिकर्तालाई पनि आवश्यक प्रशिक्षणहरु दिन अत्यन्तै जरुरी देखिन्छ ।

सचेत अभिकर्ताहरुको संख्या बढ्दै

एउटा यस्तो समय थियो जहाँ नेपाली बीमा क्षेत्रमा जीवन बीमा अभिकर्ताहरु झोला बोकेर घरघर जाने गर्थे । बिस्तारै त्यस्तो परिस्थीतिमा पनि परिवर्तन आउँदै गयो । विश्व्यापी रुपमा प्रविधिले फट्गो मारेसँगै नेपाली बीमा क्षेत्र पनि उक्त प्रविधिको प्रयोगबाट पर रहन सकेन । केही वर्ष अघि बीमा अभिकर्ताहरुले प्रविधिको प्रयोग बीमामा बढाईयो भने आफ्नो रोजीरोटी नै धरापमा पर्नेसम्मका नीति पनि लिएको अवस्था थियो । तर, अहिले भने त्यस्तो अवस्था फेरीएको छ । बीमा क्षेत्रका अभिकर्ताहरुले नै प्रविधिको प्रयोग गरेर जीवन बीमा गराइरहेको हामीले पाउँछौं । विगतमा बीमा अभकिर्ताहरुले आफैले भेटेर मात्र नागरिकको बीमा गराउँने बाध्यात्मक अवस्था थियो । बिस्तारै परिस्थीले कोल्टे फेरेको अवस्था छ । बीमा आफैमा एउटा अन्तर्राष्ट्रिय अभ्यास भएकाले पनि यसमा बाहिरका देशमा चलिहरको निती नियमहरुलाई आत्मसाथ नगरि रहन सकिन्न । नेपाली बीमा क्षेत्रमा पनि ढिलो चाडो त्यसको प्रभाव पर्ने यस क्षेत्रका जानकारहरुले बताउँदै आएका थिए ।

पछिल्लो समय कोरोना महामारी पछि धेरै क्षेत्रहरुको कार्यशैलीमा परिवर्तन भएको अवस्था छ । त्यसको एउटा उदाहरणको रुपमा नेपालीमा बीमा क्षेत्रलाई पनि लिन सकिन्छ । त्यसमा पनि बीमा क्षेत्रमा काम गर्ने सक्रिय अभिकर्ताहरुलाई कोरोना महामारीले प्रविधि प्रयोगमा निकै जोड दिएको अवस्था थियो । सोही प्रभावकै कारण अहिले अधिकांश अभिकर्ताहरुले बीमा कम्पनीहरुले ल्याएको अनलाईन पोलिसीको पनि समर्थन गरेको अवस्था छ । अनलाइन पोलिसीले बीमक, बीमित र अभिकर्ता सबैलाई छिटो छरितो काम गर्न सहजता थप्ने काम गर्छ । हामीले आफ्नो मोवाइल फोनबाटै हवाईजहाजको टिकेट काटेको जस्तै बीमा गर्ने वाताबरणको पखाईं अहिलको नागरिकहरु रहेका छन् । शहरि भेगमा मात्र नभई अहिले ग्रामिण तहमा पनि इन्टरनेटको प्रयोग बढेकाले पनि अनलाइन पोलिसी अहिलेको आवश्यकता भएको होला ।

अभिकर्ताकै बीमा
अभिकर्ताहरुलाई बीमा क्षेत्रको मेरुदण्ड भन्ने गरिन्छ । उनीहरुले सबैभन्दा अगाडी बसेर बीमा क्षेत्रको प्रचार प्रसारमा बीमा कम्पनीलाई सघाउने गर्छन् । नागरिकको घर दैलोमा गएर बीमाको महत्व भन्ने गर्छन् । बीमालाई नजिकबाट नियाल्ने अवसर पाएकादेखि बीमाको बारेका केही पनि जानकारी नै नभएका नागरिकलाईसम्म बीमाको फाइदाको बारेमा अभिकर्ताहरुले सम्झाउने गर्छन् । त्यसरी अभिकर्ताहरुले दिएको जानकारी मात्र नर्भइ उनीहरुकै आड भरोसामा समेत बीमा गर्ने परिपाटी रहि आएको छ । बीमा भनेको जर्बजस्ती बेच्ने नभई नागरिकले आफ्नो आवश्यकताका आधारमा बीमा गराउने काम राम्रो मानिन्छ । जीवनमा जोखिम रहेको सवाल कसैले पनि नकार्न सक्दैनन । सोही तथ्यको आधारमा जोखिमलाई पनि सानो र अजंगको गरी भिन्न भिन्न किसिमका जोखिमहरु हामीले पाउँन सक्छौं । त्यसैले साना जोखिममा सानै किसिमको बीमाले काम गर्छ भने धेरै जोखिम भएको ठाउँमा बीमितले धेरै प्रिमियम तिर्छन् भने उनीहरुले पाउँने बीमांक पनि अन्य बीमाभन्दा धेरै छ ।

अहिले धेरै अभिकर्ताहरुले अरुलाई बीमाको बारमा सम्झाए पनि कतिपय अभिकर्ताहरु आफै बीमाको दायराभन्दा बाहिर छन् । यसरी अभिकर्ताहरुले नै आफ्नो बीमा नगर्दा बीमाको वास्तविकता उनीहरुले थाहाँ पाएको भन्दा पनि बीमाको नाममा जागिर मात्रै खाएको जस्तो देखिन्छ ।

अभिकर्ताहरुले बीमालाई फरक फरक कोणबाट हेर्न र यसबाट लाभ पाइने लाभको उपयोग गर्ने बेला आएको छ । बीमालाई प्रिमियम तिर्दा यसले आर्थिक लाभ गर्छ । त्यस्तै, बीमा गराउँन सकिएन भने पनि एसको अवधारणा थाहाँ पाउँदा पनि नागरिकमा शैक्षिक लाभ मिल्छ । पछिल्लो समय बीमालाई विद्ययालय स्तरबाटै बीमा शिक्षाको रुपमा विकास गर्ने योजनाहरु पनि अघि सकेका छन् । त्यस्ता योजनाहरुले सार्थकता पाउँन केही समय अझै लाग्ने पक्का छ । यस्तो अवस्थामा एकातिर नागरिकलाई बीमाको बारेमा जानकारी कम छ भने अर्को तर्फ शिक्षा नितीले पनि बीमा शिक्षा चलाउँन समय लाग्ने नै संकेत गरेको अवस्था छ । यस्तो अवस्थामा हामीले बीमाका बारेमा जानकारी दिने एकमात्रै स्रोत वा भनौ जीवन बीमाको अति जरुरी स्रोत बीमा अभिकर्तालााई मान्न सक्छौं । उच्च जिम्मेवारी पाएको आधारमा पनि अभिकर्ताहरुले अब आफ्ना कार्यशैलीहरुको स्तरोन्नत्ती हुँदै गएको अवस्था छ ।

एक त धेरै बीमा व्यवसाय भित्रउने अभिकर्ताहरु अन्तर्राष्ट्रिय अभिकर्ताहरुको संगठनमा समेत छनोट भएको अवस्था छ भने अर्को भनेको जीवन बीमा क्षेत्रको अभिकर्ता बन्नकै लागि धेरै जनाले व्यापार, व्यवसाय र विदेशको आफ्नो जागिर छाडेको अवस्थ छ ।

बीमा अभिकर्ता पेशामा इमान्दार भएर, दिनरात नभनी मेहनत गर्ने धेरै जना अभिकर्ताहरुले यो क्षेत्रबाट समेत आफूले धेरै पाएको बताउँदै
आएका छन् । अहिले नयाँ बीमा ऐन आएपछि नेपाली बीमा क्षेत्रले पनि धेरै ठूला परिवर्तनहरु हाँसिल गरेको अवस्था छ । त्यस्तै, शैक्षिक रुपमा राम्रा प्रगति गरेका धेरै अभिकर्ताहरुले समेत बीमा पेशालाई आफ्नो उत्तम पेशाको रुपमा रोजेको अवस्था छ । सबैभन्दा अभिकर्ता पेशामा समयको पावन्दी नहुने र आफ्नो घरधन्दा सकेर समेत सहभागी हुन सकिने भएकाले पछिल्लो समय कैयौ गुहिणीहरु समेत यो
पेशामा आकर्षित भएको अवस्था छ ।

बीमा अभिकर्ता पेशाँ अँलागेकै कारण नयाँ सवारी चढ्न सफल भएका, आफ्नो आर्थिक सुधार गर्न सफल भएका, देश विदेशको भ्रमण पुरस्कारको रुपमै घुम्न पाएका धेरै जना अभिकर्ताहरु आजभोलि भेटिन्छन् । यसरी आफ्नो मात्र विकासमा नभई आफ्ना परिवार र सन्तानका लागि समेत बीमा अभिकर्ताहरुले दिएको योगदान अपरिहार्य देखिन्छ । कर तिररै ह्वाईट मनी खान पाइने कुरा पनि अभिकर्ता पेशाको विषेशता रहेको यो पेशामा लामो समयदेखि काम गर्दै आएका अभिकर्ताहरुले जानकारी दिने गएका छन् । नेपालको मात्र नभई विदेशी चलन अनुसार नै बीमा गर्ने गराउँने भएकाले पनि नेपालमा चलेको बीमाका अभिकाश प्रचलन ठूला विकसीत देशहरुमा समेत त्यही मोडेलमा चलेको हामीले पाउँन सक्छौं । हालसम्म सबैभन्दा धेरै मेहनत गर्ने अभिकर्ताहरुले नै ठूलो सफलता पाएको अवस्था छ । अभिकर्ता पेशा आफैमा मेहतसँग पनि ठूलो साइनो राख्ने पेशा भएकाले यसमा राम्रो नतिजा देखाउँन चाहने जो कोहीले पनि धैर्य गरेर मेहनत गर्न सक्नुपर्ने यस क्षेत्रका अनुभविहरुले बताउँदै आएका छन् ।

हाल बीमा अभिकर्ताहरुको संख्यातमक र गुणात्मक रुपमा वृद्धि हुँदा फलस्वरुप देशमा बीमा गराउँने नागरिकहरुको संख्यामा पनि ह्वात्तै वृद्धि भएको अवस्था छ । अभिकर्ताहरुको संख्या बढ्दा एक त यस पेशाले दिएको रोजगारीको बारेमा चर्चा हुने गरेको छ भने अर्को भनेको उनीहरुले बीमा बुझाउँदा नागरिकहरुलाई हुने गरेको रक्षावरणको बारेमा पनि चर्चा हुने गर्छ । आजभोलि विश्वमा जति धेरै जोखिम बढीरहेको छ सोही अनुसार विश्वमा बीमाको महत्व पनि बढी रहेको छ । थोरै रकम बीमा कम्पनीहरुलाई बीमाशुल्कको रुपमा बुझाएर ठूला ठूला जोखिम बहन गर्ने एकमात्र अस्त्र बीमा भएकाले यसमा धेरैजनाको रुची बढ्दै गएको अवस्था छ ।

बीमाको महत्व एक ठाउँमा राखेर हेर्दा त्यसलाई सबैजना माझ छर्ने काम अभिकर्ताहरुले गर्ने भएकाले उनीहरुको योगदानलाई पनि महत्वपूर्ण स्थान दिने गरिन्छ । आजभोली बीमाको महत्व बढ्नुको पछाडी विश्वमा नयाँ नयाँ किसिमको जोखिमहरु बढ्दै गएकाले पनि झन झान बीमाको अपरिहार्यता बढेको तथ्यलाई नर्कान सकिन्न । त्यसको साथ साथै बीमालाई आम नागरिक र बीमा कम्पनीहरु बिच जोड्ने महत्वपूर्ण ब्रिजको रुपमा जीवन बीमा अभिकर्ताहरुले आफ्नो पेशागत छवी स्थापित गरेको अवस्था छ ।

(पोखरेल बीमा क्षेत्रमा कलम चलाउदैं आएका छन् )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

नबिन पोखरेल
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS