IME Life
GBIME

फर्जी दाबी पेस गरेर वकिलले नै गरे बीमा कम्पनीबाट लाखौँ ठगी, यसरी भयो पर्दाफास

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बीमा सर्वसाधारणका लागि निकै उपयोगी रहेको छ। बीमाले मानिसलाई अचानक आइपर्ने समस्याहरु पार गर्न आर्थिक सहयोग प्रदान गर्दछ। तर, केही मानिसले बीमाको दुरुपयोग पनि गर्ने गरेको प्रशस्तै घटना बाहिर आएका छन्। छिमेकी मुलुक भारतमा यस्तै एउटा घटना हालै सार्वजनिक भएको छ। एक बीमा कम्पनीमा नक्कली दाबी पेस गरेर लाखौँ रुपैयाँ ठगी गरेको घटना सार्वजनिक भएको छ।

यो घटना बिहारको मधुबनी जिल्लाको हो । नक्कली दाबी पेस गरेर श्रीराम जनरल इन्स्योरेन्स कम्पनीलाई ठगी गरेको आरोप कम्पनीकै प्यानलमा समावेश वकिल आशुतोषकुमार झामाथि लागेको हो। आरोपित वकिल झाले यसअघि पनि कम्पनीबाट नक्कली दाबी गर्दै लाखौँ रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ। यो घटना बाहिर आएपछि बीमा कम्पनीले झा विरुद्ध उजुरी दर्ता गरेको छ।

Crest

आरोपित झाले सबैभन्दा पहिले गत वर्ष नक्कली दाबी पेस गरेर कम्पनीबाट लाखौँ रकम असुली गरेको अनुसन्धानबाट खुलेको छ। सन् २०२३ अगस्ट ७ मा झाले कम्पनीको पटना कार्यालयलाई कम्पनीविरुद्ध मधुबनी अदालतमा क्षतिपूर्ति दाबी मुद्दा चलिरहेको बताएका थिए। मुद्दाका पप्पु कुमार नाम गरेका व्यक्तिको २०२३ जुलाई २२ मा मोटर दुर्घटनामा मृत्यु भएको दाबी गरिएको थियो। अदालतले उक्त मुद्दा राष्ट्रिय लोक अदालतमा टुंगो लगाउन भनेको पनि ती वकिलले कम्पनीलाई बताए। पछि उक्त मुद्दा मिलाउने नाममा वकिल झाले भारु १० लाख सम्झौता रकमबाहेक आफ्नो शुल्क कम्पनीबाट लिएका थिए।

त्यसपछि वकिल झाले फेरि सीमा बनामको नाममा फर्जी दाबी पेस गरेर श्रीराम जनरल इन्स्योरेन्सलाई ठगी गर्ने प्रयास गरे। अघिल्लो मुद्दामा जस्तै यसमा पनि अभियुक्तले लोक अदालतमा सहमति जुटाउनुपर्ने प्रयास भइरहेको बताए। त्यसका लागि वकिल झाले भारु ११ लाख ५० हजारको बिल र त्यसको शुल्क भुक्तानी रकम तयार गरी कम्पनीलाई पठाए।

यसपटक भने बीमा कम्पनीलाई केही शंका लाग्यो । कम्पनीले छानबिन गर्दा बुझाइएका सम्बन्धित कागजातको अभिलेख प्रहरीचौकीमा नरहेको र सबै कागजात नक्कली भएको पाइयो । यसका साथै अदालतमा पनि मुद्दा नचलेको र त्यस्ता कुनै पनि व्यक्तिको मृत्यु नभएको र दाबी पेस गर्ने बीमित भनिएका व्यक्तिको परिवार दिइएको ठेगानामा बसोबास गरेको नपाइएको थियो। अदालतको आदेश र कागजातसमेत नक्कली भएको अनुसन्धानबाट खुलेको थियो।

कम्पनीले ती घटनामा वकिल झाविरुद्ध स्थानीय प्रहरीचौकीमा मुद्दा दर्ता गरेको छ। आरोपित झालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। –एजेन्सी

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS