Connect IPS
IME Life

‘वित्तीय समावेशीकरण नीति’ जारी, यस्ता छन् प्राथमिकताका क्षेत्र र कार्यान्वयन रणनीति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘वित्तीय समावेशीकरण नीति, २०८१’ जारी गरेको छ। वित्तीय स्थायित्वलाई मध्यनजर गर्दै वित्तीय सेवाको विस्तार, प्रगाढता अभिवृद्धिका साथै वित्तीय साक्षरता प्रवर्द्धन र वित्तीय ग्राहक संरक्षणमार्फत वित्तीय समावेशीकरण प्रवर्द्धन गर्नु यस नीतिको उद्देश्य रहेको केन्द्रीय बैंकले जनाएको छ।

वित्तीय समावेशीकरणको सम्बन्धमा विगतमा तर्जुमा गरिएका योजना तथा कार्यक्रम र त्यसको कार्यान्वयनका क्रममा जारी गरिएका निर्देशन र अभ्याससमेतका आधारमा निम्नबमोजिमका वित्तीय समावेशीकरण नीति अवलम्बन गरिएका छन्ः

Prabhu
Crest
  • समावेशी वित्तीय पहुँच
  • वित्तीय साक्षरता
  • वित्तीय शिक्षा
  • वित्तीय ग्राहक संरक्षण
  • डिजिटल प्रविधिमा नवप्रवर्तन
  • लुघ साना तथा मझौला उद्योग/व्यवसायलाई प्रवर्द्धन गर्ने
  • लैंगिक तथा वातावरणमैत्री बैंकिङ प्रवर्द्धन
  • दिगो र फराकिलो आर्थिक विकास
  • वित्तीय पूर्वाधारको विकास
  • वित्तीय आचरणसम्बन्धी नियामकीय भूमिका
  • साझेदारी र सहकार्य
  • तथ्यांक संकलन, विश्लेषण तथा मूल्यांकन
  • आवधिक सर्वेक्षण र मापन

प्राथमिकता क्षेत्र

  • वित्तीय पहुँचको विस्तार
  • वित्तीय सेवाको प्रयोगमा विस्तार
  • उद्यमशीलता तथा आर्थिक गतिविधिमा विस्तार
  • वित्तीय साक्षरता प्रवर्धन
  • वित्तीय ग्राहकको हित संरक्षण
  • तथ्यांक संकलन र मापन

वित्तीय समावेशीकरण नीति कार्यान्वयन

  • राष्ट्रिय वित्तीय समावेशीकरण रणनीतिको मस्यौदा नेपाल सरकारसमक्ष पेस गरिनेछ ।
  • राष्ट्रिय वित्तीय समावेशीकरण रणनीतिले तय गरेका कार्ययोजना क्रमशः लागू गरिनेछ ।
  • यस नीति र राष्ट्रिय वित्तीय समावेशीकरण रणनीतिका विषयसमेत मध्यनजर गरी मौद्रिक नीति, वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा गरिनेछ ।
  • वित्तीय समावेशिता अभिवृद्धिका लागि इजाजतपत्र तथा अनुमतिप्राप्त संस्थाका लागि यस नीतिको कार्यान्वयनमा सहयोग हुने गरी निर्देशनहरू जारी गरिनेछ ।
  • यस नीति कार्यान्वयनका लागि अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
Financial-Inclusion-Policy-2081

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS