काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित हेटौडा ६, चौघोडा, मकवानपुर ठेगाना भएको स्व.राजेन्द्र पीठकोटीको असामयिक निधन प्रति गहिरो सम्बेदना प्रकट गर्दै उनको बीमा शुरक्षा बापत परिवारलाई ४५ लाख ६ हजारको चेक हस्तान्तरण गरेको हो ।
उक्त रकम वापतको चेक कम्पनीको हेटौडा शाखा प्रमुख पंकज कुमार चौधरी र बरिष्ठ एजेसी म्यानेजर लक्ष्मण महतद्वारा स्वर्गीय बीमितको परिवारजनलाई निवास स्थानमा गएर हस्तान्तरण गरिएको हो ।