काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने समय सरेको छ। आज दिउँसो १ बजे हुने भनिएको बजेट भाषण दिउँसो ३ बजेका लागि सारिएको छ।
मन्त्रिपरिषद् बैठक र प्रतिनिधिसभाको बैठकको समय सारिएको हो। मंगलबार बिहान ११ बजेका लागि तोकिएको मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको छ।
यस्तै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकको समय दिउँसो ३ बजेका लागि सारिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले सहकारी ठगीमाथि छानबिन गर्न माग गर्दै आएको संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउन बैठकको समय सारिएको बुझिएको छ । कांग्रेसनिटक स्रोतका अनुसार आज बजेट प्रस्तुत भएपछि संसदीय समिति गठन हुनेछ। ‘आज दिउँसो ४ बजे प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुनेछ’, स्रोतले भन्यो।