काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बिष्णु मणि गौतम चयन भएका छन् । लघुवित्तको गत जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा गौतमलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो । सोहि बैठकले गौतमको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।
सञ्चालक समिति सदस्यहरुमा संस्थापक समूहको तर्फबाट कविता पोख्रेल, विमल डंगोल, नारायण प्रसाद घिमिरे, हेमन्त पौडेल र विजय कुमार क्षेत्री छन् । सञ्चालकमा विजय कुमार क्षेत्री स्वतन्त्र सञ्चालकको रुपमा छन् । त्यस्तै, अविनास सिलवाल सर्वसाधारण समूहबाट सञ्चालकमा छन् ।
1716732748476