Connect IPS
IME Life

कोरोना बीमाको छानबिन गरी दाबी भुक्तानी गर्न महालेखाको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले कोरोना बीमा अन्तर्गत दाबी नपाउने बीमितको सम्बन्धमा छानबिन गरेर दाबी भुक्तानी गर्न बीमा नियामकलाइ निर्देशन दिएको छ ।

कार्यालयले आइतबार सार्वजनिक गरेको एकसाठ्ठियौं वार्षिक प्रतिवेदनमार्फत् बीमाशुल्क  भुक्तानी गरेर पनि दाबी भुक्तानी नपाएका बीमित वा हकवालालाइ बीमालेख अन्तर्गतको दाबी भुक्तानी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

Prabhu
Crest

प्रतिवेदनमा  निजी बीमा कम्पनीले बीमाशुल्क आम्दानी गर्ने गरी जारी गरिएको कोरोना बीमामा सरकारको टाउकोमा असीमित दायीत्व भार तोकिनु अनुचित भएको टिप्पणी गरिएको छ । प्रतिवेदनमा कोरोना बीमा मापदण्ड, २०७७ को प्रावधान अनुचित भएको टिप्पणी गरिएको हो । मापदण्डको अनुसूची ७ मा बीमाको दायीत्व भुक्तानी गर्ने जिम्मेवारी १ अर्ब सम्मको सम्बन्धित बीमा कम्पनी, १ अर्ब देखि २ अर्ब रूपैयाँसम्मको पुनर्बीमा कम्पनी, २ अर्ब ५० करोड रूपैयाँसम्मको महा विपत्ती पुल, ३ अर्बसम्म बीमा समिति र सो भन्दा माथि नेपाल सरकारको हुने उल्लेख छ ।

सरकारले गत आवमा सरकारको दायीत्वबाट बहन हुने गरी १ अर्ब रूपैयाँ भुक्तानी दिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS