काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव १४ अंकले घटेर २,१०९ को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा २१३ कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटी होटलस्का लगानीकर्ताले ८ दशलमव २४ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमि नेपालका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।