Connect IPS
IME Life

बजारको बढोत्तरीले सेन्चुरी कटाउँदा लगानीकर्ताको सम्पत्तिमा पौने २ खर्ब बढीको उछाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो साता शेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। यो ४ दिनै शेयर बजार बढेको छ।

गत साता बिहीबार नेप्से परिसूचक २०१८.७६ को विन्दुमा बन्द भएको थियो। यो साता बुधबार नेप्से परिसूचक बढेर २१३१.४९ को विन्दुमा बन्द भएको छ। यो हिसाबले यो ४ दिनमा नेप्से ११२.७३ अंक अर्थात ५.५८ प्रतिशतले बढेको छ।

Prabhu
Crest

बजार बढ्दा यो साता नेप्से उपसमूहमा रहेका १३ वटै समूह उकालो लागेको छ। सर्वाधिक बढोत्तरी बैंकिङ समूहमा देखिएको छ। यो साता बैंकिङ समूहमा उछाल आएको छ। बैंकिङ समूह १३.४४ प्रतिशतले बढेको छ।

यो साता नेप्सेको कुल बजार पुँजीकरण बढेर ३३ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबारसम्म नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब १ अर्ब १६ करोड रुपैयाँ थियो। यस हिसाबले लगानीकर्ताको सम्पत्ति १ खर्ब ७८ अर्ब ७४ करोड रुपैयाँले बढेको छ। यो भनेको ५.५८ प्रतिशतको बढोत्तरी भएको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS