Connect IPS
IME Life

कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा रु ४ लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा उक्त सहयोग गरेको हो । उक्त सहयोग कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालद्वारा इ–नेबल नेपालका अधक्ष्य सुरेन्द्र श्रेष्ठ र महासचिब दिनेश राज भण्डारीलाई आज जेष्ठ ९ गते कम्पनीको प्रधान कार्यालयमा रु. ४ लाखको चेक हस्तान्तरण गरिएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको यस सहयोगले इ–नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने आपेक्षा कम्पनीले राखेको छ ।

Prabhu
Crest

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन गरि जन्मजात अथवा विभिन्न कारणले आफ्नो हात/अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्न रु. ४ लाखको चेक हस्तान्तरण गरिएको छ ।

बिगत समयमा विज्ञान र प्रविधिको क्षेत्रले अविश्वासनीय विकास गरे संगै, मानवीय जीवनलाई निकै सकारात्मक प्रभाव पारेको छ । यस विकासलाई आधार बनाएर कयौं मनिस र संस्थाहरुले समाजको हितका लागि कदम बडाएर आफ्नो लक्ष्यलाई पुरा गर्न सफल पनि भएका छन् र त्यस कार्यको एक उत्कृष्ट उदाहरण रहेको छ । ई–नेबल नेपाल सन २०१८ सालमा स्थापना भएको यस संस्था, बिगत ६ बर्ष देखी 3D प्रिन्ट मेसिनको प्रयोग गरी कार्यात्मक कृत्रिम हातको उत्पादन गरि समाजमा रहेका आर्थिक रुपमा कम्जोर अपाङ्गता भएका बालबालिकाहारुलाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको छ ।

जन्मजात अपाङ्गता भएका लगायत विभिन्न कारणले आफ्नो हात/ अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्ने मुल नाराका साथ आघी बडेको यस गैर सरकारी, गैर नाफा मुलक संस्था अहिलेको समयमा लग्भाग १०० वटा भन्दा बडि देशहरूमा कार्यरत छ भने आहिले सम्म नेपालमै कयौं बालबालिकहारु माझ सहयोग पुर्याउन सफल भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS