Connect IPS
IME Life

पातारासी गाउँपालिकामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले जुम्लाको पातारासी गाउँपालिकामा कृषि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सलिकोको वार्षिक कार्यक्रम अनुसार उक्त कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको जुम्ला शाखाको आयोजना र प्रदेश कार्यालयको समन्वयमा १ दिने सचेतना कार्यक्रम आज जेठ ८ गते मंगलबार सम्पन्न भएको हो ।

उक्त सचेतना कार्यक्रममा पातारासी गाउँपालिकाका जनप्रतिनिधी र कृषकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कृषि बीमा भनेको के हो ? कसरी गर्ने, बीमा दाबी ? कसरी गर्ने बीमा दाबीको लागि आवश्यक कागजातहरुको बारे लगायतका विषयमा जानकारी दिइएको थियो ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले पालिकामा रहेको कृषि तथा पशुपंक्षी बीमाको अवस्था के छ भनी अध्ययन गरी आगामी आर्थिक वर्षको लागि कृषि तथा पशुपंक्षी बीमाको लागि आवश्यक बजेट विनियोजनको लागि व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी कम्पनीको तर्फबाट बोल्दै कृषि विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी बीमालाई कम्पनीले ग्राहयता दिएको र कृषकहरुको हितमा कम्पनीले काम गरिरहेको तथा आगामी दिनमा कृषकहरुलाई मर्का पर्न नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सचेतना कार्यक्रममा पातारासी गाउँपालिकाका प्रमुख पूर्णसिंह बोहोरा, प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर रावल, कम्पनीका सहायक प्रबन्धक सुजन खकुरेल, प्रदेश प्रमुख विनित पौडेल र कृषि विभाग प्रमुख उमेश ढकाल सहित वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पातारासी गाउँपालिकाका विभिन्न वडाबाट ४० जना कृषकहरुको सहभागिता रहेको सलिको जुम्ला शाखा प्रमुख लोकेन्द्र न्यौपानेले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS