काठमाडौं । जेठ ८ गते मंगलबार नेप्से परिसूचक २११५.९४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २३.९४ अंकले बढेको छ।
५ अर्ब २० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ५८ करोड ५२ लाखको कारोबार भएको छ जसमा ३१ करोड २० लाखको खरीद छ भने २७ करोड ३२ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट २५ करोड ७८ लाखको खरीद छ भने २१ करोड २० लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये सबैले खरिद धेरै गरेका छन् ।