Connect IPS
IME Life

प्रधानमन्त्री दाहालको बैंक खातामा रु. २५ लाख, अरु मन्त्रीको सम्पत्ति कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। कार्यालयले मन्त्रिमण्डलमा रहेका प्रधामन्त्री प्रचण्डसहित १२ जना मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। दुई मन्त्रीको भने विवरण प्राप्त नभएको उल्लेख छ। मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा घरसहित १४ कट्ठा जग्गा रहेको छ। दाहालकी स्व पत्नी सीता दहालको नाममा रहेको उक्त घर–जग्गा पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ।
भरतपुरै स्व दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ। प्रधानमन्त्रीसँग ५ तोला सुन छ। यो पनि पैतृक भएको विवरणमा उल्लेख छ।

Prabhu
Crest

प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको छ। सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ। प्रधानमन्त्रीको नाममा कुनै पनि पशुधन, ऋण र सवारीसाधन छैन।

यसैगरी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ। उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ। पैतृक सम्पत्तिबाट प्राप्त यो जग्गाबाहेक अरु सबै पत्नी निकिता पौडेलको नाममा भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ।

निकिताको नाममा बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ। विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको भनिएको छ। घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँमध्ये अब १ करोड ५० करोड तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख छ। लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन रहेको पनि खुलाएका छन्। त्यसको स्रोत भने अधिकांश बुवा–आमाले दिएको र केही खरिद गरेको उल्लेख छ।

त्यस्तै, १५/२० केजी चाँदी रहेको भनिएको छ। त्यो २५० देखि ३०० प्रतितोला भएको बेला खरिद गरेको भनिएको छ।
अन्य नगद निकिता पौडेलको नाममा छ। पत्नी निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको पनि गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन्। निकिताको नाममा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ। ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा कार खरिद गरेको भनिएको छ।
निकिता नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको उल्लेख विवरणमा छ। नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

यसैगरी उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले सार्वजनिक गरेको सम्पत्तिमध्ये अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा देखिन्छ। महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ। त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ।

दुई करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ। तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँबराबरको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

मन्त्रीहरुको सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS