काठमाडौं । मुक्तिनाथ क्यापिटलले डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । खातावालले प्रत्येक आर्थिक वर्ष १ सय रुपैयाँको दरले वार्षिक नविकरण शुल्क बुझाउनु पर्ने हुन्छ ।
कम्पनीले बुुझाउनुुपर्ने रकम २०८१ असार मसान्त भित्र क्यापिटल वा मुुक्तिनाथ विकास बैंक वा लुम्बिनी विकास बैंकमध्ये कुनै एकको नजिकको शाखामा सम्पर्क राखि वार्षिक नविकरण शुल्क भुक्तानी गर्न अनुरोध गरेको छ ।
खातावालहरुले मेरो शेयरमा गई विभिन्न विद्युुत्तीय भुुक्तानी माध्यमहरुबाट भुक्तानी गर्न सक्ने छन् । वार्षिक शुल्क वापत बैंक खातामा शुल्क जम्मा गर्दा हितग्राही खातावालको नाम, थर, हितग्राही खाता नम्बर स्पष्ट हुुनुपर्ने छ ।
साथै,उक्त क्यापिटलले १ हजार ९९९ रुपैयाँ भुक्तानी गरेमा पनि आजीवन डिम्याट र मेरोशेयर खाता योजनाको सुविधा अन्तर्गत वार्षिक नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिने जनाएको छ ।