IME Life
GBIME

आइएमई लाइफको अभिकर्ता नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न, १२५ जना बढी लाभान्वित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । कम्पनीले राप्ती एरिया अन्तर्गत लमही शाखाको आयोजनामा दाङको लमहीमा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो ।

तालिममा प्रशिक्षक सौरभ लोहनीले सहभागीलाई आत्मनिर्भर हुनका लागि अभिकर्ता पेसा उपयुक्त रहेको बताए । उनले नाम, दाम, सम्मानका साथै व्यक्तित्व विकासका लागि अभिकर्ता पेशा उत्तम विकल्प रहेको बताए ।

Crest

कार्यक्रममा कम्पनीका बजार विभाग प्रमुख गणेश चौलागाईले बीमा जगतमा पृथक योजना सहित कम्पनीका अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्न र विभिन्न वित्तीय सुचकांकमा अघि रहन कम्पनी आक्रामक शैलीमा लागेको बताए ।

साथै, उनले अभिकर्ता पेशाको महत्वका साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतीका विषयमा सरल एवं सहज टेक्निकहरु रहेको बताउँदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुती दिएका थिए । उनले इमान्दारिताका साथ कार्य गर्दा यो पेसाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टि सहित कार्य गर्न सकिने बताए ।

तालिममा १२५ जना भन्दा बढी एजेन्सी मेमेजर तथा अभिकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता लमही शाखा प्रमुख गिरी राज पोख्रेल गरेका थिए स्वागत मन्तव्य प्यूठान शाखाका शाखा प्रमुख तीर्थ राज पोख्रेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन दाङ शाखा प्रमुख प्राशान्त महतारा र अभिकर्ता आरती बुढाथोकीले गरेका थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS