Connect IPS
IME Life

सम्पत्ती शुद्धीकरण नियन्त्रणका लागि बीमकको कार्यान्वयन अधिकारीको कर्तव्य के हो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी निर्देशन २०८१ मार्फत कार्यान्वयन अधिकारीसम्बन्धी प्रावधानलाई अघि सारेको छ । निर्देशनको दफा १७ मा प्राधिकरणले कार्यान्वयन अधिकारी नियुक्त गर्नुपर्ने प्रावधान समावेश गरिएको छ।

बीमकले अब उपरान्त व्यवस्थापक स्तरको कार्यान्वयन अधिकारी नियुक्त गरेर अधिकारीको नाम, थर, ठेगाना, ई–मेल, योग्यतालगायतका विवरण प्राधिकरण तथा वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था संस्थागत सुशासन निर्देशनमा समेत छ । कार्यान्वयन अधिकारी वा निजको विवरण परिवर्तन भए सोको जानकारी समेत गराउनुपर्ने छ ।

Prabhu
Crest

कार्यान्वयन अधिकारीले ऐन, नियमावली र निर्देशन बमोजिमको कार्य प्रभावकारी बनाउन सम्पर्क व्यक्तिका रुपमा काम गर्नुपर्नेछ । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४, नियमावली र निर्देशन बमोजिको काम प्रभावकारी रुपमा गर्न नीत तथा कार्यक्रम र प्रणालीको मस्यौदा तयार पारेर पेस गर्ने जिम्मेवारी तोकिएको छ।

कार्यालयका पदाधिकारी, शाखामा कार्यरत कर्मचारी र अन्य कर्मचारीबाट ऐन, नियमावली र निर्देशनबमोजिम प्राप्त शंकास्पाद वा अस्वाभाविक कारोबारसम्बन्धी सूचना प्राप्त गरी जाँचबुझ गर्ने, कार्यसम्पादन गर्न अन्य शाखा वा पदाधिकारीसँग आवश्यक जुनसुकै कागजात, विवरण वा सूचना सरल तरिको जुनसुकै बखत प्राप्त गर्न सक्ने, सरोकारवालाबाट ऐन, नियमावली र निर्देशन पालना भए नभएको अनगुमन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

यसैगरी मागेको सूचना, विवरण, कागजात उपलब्ध नगराउने सम्बन्धित बीमकका पदाधिकारी वा कर्मचारीलाई विभागीय कारबाहीको सिफारिससमेत गर्ने अधिकार कार्यान्वयन अधिकारीलाई दिइएको छ। सम्बन्धित बीमकले सिफारिसका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०८१ बमोजिम कारबाही गर्नुपर्ने छ। यस्तो कारबाहीको जानकारी प्राधिकरण र वित्तीय जानकारी इकाइलाई समेत गराउनुपर्ने भएको छ।

कार्यान्वयन अधिकारीले कम्तीमा ३ महिनामा एकपटक ऐन, नियमावली र निर्देशनबमोजिम भए गरेको कामकारबाहीको प्रतिवेदन सञ्चालक समितिमा पेस गर्नुपर्नेछ । यस्तो प्रतिवेदनमा सञ्चालक समितिले आवश्यक समीक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ।

एक प्रतिशतभन्दा बढी शेयर स्वामित्व हुने सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन र कर्मचारीलाई संस्थागत क्षमता अभिवृद्धि कार्यक्रममा समावेश गर्नसमेत निर्देशनमा व्यवस्था छ ।

(क) शेयरधनी, पदाधिकारी र उच्च व्यवस्थापनलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी अभिमूखीकरण गराउने,

(ख) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कार्यमा प्रत्यक्ष तथा नियिमत रुपमा कार्यान्वयन अधिकारी तथा अन्य कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमा स्वदेश तथा विदेशी तालिममा सहभागि गराउने,

(ग) बीमा अभिकर्ता र सर्भेयरको क्षमता अभिवृद्धिका लागि नियमित रुपले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी तालिममा सहभागी गराउने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS