Connect IPS
IME Life

लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा कनेक्ट आइपीएसले सार्वजनिक गर्यो आकर्षक अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कनेक्ट आइसीएसले जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आइसीएस बाट भुक्तानी गर्दा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता (रु. ४०,००० सम्म)” अफर सार्वजनिक गरेको छ । यस आकर्षक अफर अन्तर्गत कनेक्ट आइपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १,००० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम (रु ४०,००० सम्म) फिर्ता पाउन सक्नेछन् ।

लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछी एनस्एिचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ । कनेक्ट आइपीएस को वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्टआइपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।

Prabhu
Crest

कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्टआइपीएस को वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पेक्युआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS