Connect IPS
IME Life

दुई पुनर्बीमा कम्पनीले के-केमा गरेका छन् कति लगानी ? (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल सञ्चालनमा रहेको दुईवटा पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा करिब पौने ३८ अर्ब रुपैयाँ लगानी गरेका छन्।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमालयन रिइन्स्योरेन्सले कुल ३७ अर्ब २० करोड ८३ लाख रुपैयाँ लगानी गरेका हुन्। जसमा नेपाल रिले मात्रै २० अर्ब ६२ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ भने हिमालयन रिले १६ अर्ब ५८ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ।

Prabhu
Crest

यस्तो दुई कम्पनीको लगानीको अवस्था

नेपाल रि

  • नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३० करोड
  • वाणिज्य बैंकको मुद्दति निक्षेपमा १५ अर्ब ३१ करोड १० लाख रुपैयाँ
  • विकास बैंक र फाइनान्स कम्पनीको मुद्दति निक्षेपमा १ अर्ब ९३ करोड ९० लाख रुपैयाँ
  • सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ५८ करोड ८९ लाख रुपैयाँ
  • बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ८२ करोड ६३ लाख रुपैयाँ
  • नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ करोड ९ लाख रुपैयाँ
  • अन्य संस्थापक शेयरमा १० करोड २६ लाख रुपैयाँ
  • सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा ५० करोड ७२ लाख रुपैयाँ

हिमालयन रि

  • वाणिज्य बैंकको मुद्दति निक्षेपमा १३ अर्ब ७३ करोड ३१ लाख रुपैयाँ
  • सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ८९ करोड ७० लाख रुपैयाँ
  • बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ
  • नागरिक लगानी कोष र म्युचुअल फन्डमा ४ करोड रुपैयाँ
  • अन्य संस्थापक शेयरमा ५७ करोड ९७ लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS